फ्रेन्च लिग वान

पिएसजीको हार

पेरिस । फेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) सिजनको सुखद अन्त्य गर्न भने असफल भएको छ । 

शनिबार सम्पन्न लिगको अन्तिम खेलमा पिएसजी क्लेरमोन्टसँग ३-२ ले निराश भयो । यससँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसी र स्पेनका पूर्ववकप्तान सर्जियो रामोसको पिएसजीबाट बिदाई पनि सुखद बन्न सकेन । 

रामोस र किलियन एम्बाप्पेको गोलमा पिएसजीले २-० को अग्रता लिएको थियो । एमबाप्पेले जारी सिजन गरेको यो २९आं गोल हो र उनी लगातार पाँचौ पटक सिजनको सर्वाधिक गोलकर्ता बने । तर योहान गास्टेन, मेहदी जेफानी र ग्रेजोन काइको गोलमा क्लेरमोन्ट खेलमा फर्किएको थियो । 

दुई सिजन पिएसजीमा बिताएका मेसी र रामोसले दुई पटक लिग वानको उपाधि जिते पनि क्लबको च्याम्पियन्स लिग जित्ने लक्ष्यलाई भने पूर्णता दिने सकेनन । 

मेसी र रामोसले यसअघि नै सिजनको अन्त्यसँगै पिएसजी छोड्ने बताएका थिए । उनले पिएसजीबाट सबैखाले प्रतियोगिता गरि कुल ६६ गोल गरेका थिए ।