पिएसजी

पिएसजी छाड्ने रामोसको घोषणा

काठमाडौं ।स्पेनिस रक्षक सर्जियो रामोसले सामाजिक संजालबाट आफुले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का छाड्ने घोषणा गरेका छन् ।  

रामोसले शनिबार क्लेरमोन्ट फुटविरुद्ध पिएसजीका लागि अन्तिम खेल खेल्नेछन् ।

‘शनिबार एक विशेष दिन हो, म मेरो जीवनको अर्को चरणलाई बिदाइ गर्दैछु र पिएसजीबाट छुट्टिदैछु,’रामोसले ट्वीटरमा लेखेका छन् ।

रोमोस सन् २०२१ मा स्पेनिस क्लब रियाल मड्रिडबाट पिएसजी आएका थिए । ३७ वर्षीय रामोसले पिएसजीका लागि ५७ खेल खेल्दा दुई लिग उपाधि जितेका छन् ।

रामोस सिजनको अन्त्यसँगै पिएसजी छाड्ने घोषणा गर्ने दोस्रो खेलाडी हुन् । यसअघि नै अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले क्लब छाड्ने पक्का भइसकेको थियो ।