वैशाख २६, २०८२ शुक्रबार | १७:०३:०८
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

जित्नै पर्ने दबाबमा थ्री स्टार

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबको सामना गर्दा थ्री स्टार जित्नै पर्ने दबाबमा छ ।

थ्री स्टार र एपिएफबीचको खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

थ्री स्टार २३ खेलमा ६ जित, नौ बराबरी र आठ हारको नतिजासहित २७ अंक जोडेर ११ औं स्थानमा छ । यो पुछारमा रहेको एफसी खुमलटारको भन्दा मात्र तीन अंक बढी हो ।

पहिल्ला १२ खेल यता जितविहिन थ्री स्टार एपिएफलाई हराउँदै जित लयमा फर्किन चाहन्छ ।

थ्री स्टारले पछिल्लो पटक ११औं चरणमा संकटालाई ३-० ले पराजित गरेको थियो । त्यसयताका १२ खेलमा थ्री स्टारले समान ६ बराबरी र हारको नतिजा निकालेको छ ।

पछिल्लो खेलमा चर्च ब्वाइजसँग ४-१ को पारजय ब्यहोरेको एपिएफ पनि थ्री स्टारलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

एपिएफ २३ खेलमा आठ जित, पाँच बराबरी र १० हारको नतिजासहित २९ अंकका साथ आठौं स्थानमा छ ।

पहिलो भेटमा एपिएफले थ्री स्टारलाई २-० ले पराजित गरेको थियो ।

दिउँसो ३ बजे नै च्यासल मैदानमा हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै सातदोबाटो हारको शृंखला अन्त्य गर्ने चाहन्छ ।

पछिल्लो पटक १९औं चरणमा थ्री स्टारलाई २-० ले पराजित गरेको सातदोबाटाले त्यसयताका चार खेलमा हार ब्यहोरेको छ । सातदोबाटो २३ खेलमा आठ जित, पाँच बराबरी र १० हारको नतिजासहित २९ अंकका साथ नवौं स्थानमा छ ।

पछिल्ला तीन खेल यता जितविहिन आर्मी पनि सातदोबाटोलाई हराउँदै अंक तालिका सुधार गर्न चाहन्छ । २०औं चरणमा फ्रेन्ड्स क्लबलाई ३- ० ले हराएको आर्मीले त्यसयता दुई हार र एक बराबरीको नितिजा निकालेको छ ।

आर्मी २३ खेलमा सात जित, नौ बराबरी र सात हारको नजितासहित ३० अंकका साथ छैटौं स्थानमा छ ।

पहिलो भेटमा आर्मी र सातदोबाटोले ३–३ को बारबरी खेलेका थिए ।

साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुने हेभीवेट भिड्न्तमा दई उपाधि दाबेदार चर्च ब्वाइज र जावलाखेल युथ क्लब आमने सामने हुँदैछन् ।

चर्च ब्वाइज सातदोबाटालाई हराउँदै शीर्ष स्थानमा अंक दुरी बढाउन चाहन्छ । शीर्ष स्थानको चर्च ब्वाइजले २३ खेलमा ११ जित, आठ बराबरी र चार हारको नतिजासहित ४१ अंक जोडेको छ । यो दोस्रो स्थानको मछिन्द्रको भन्दा दुई अंक बढी हो ।

२३ खेलमा १० जित, सात बराबरी र ६ हारको नतिजासहित ३७ अंकका साथ तेस्रो स्थानमा रहेको जावलाखेल पनि चर्च ब्वाइजलाई हराउँदै अंक दुरी कम गर्न चाहन्छ ।

पहिलो भेटमा जावलाखेलले चर्च ब्वाइजलाई १-० ले पराजित गरेको थियो ।

 

 

 

 

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP