इन्टर मियामी

इन्टर मियामीका प्रशिक्षक नेभिल बर्खास्त

काठमाडौं । अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामीले मुख्य प्रशिक्षक प्रशिक्षक फिल नेभिललाई बर्खास्त गरेको छ ।

यस सिजन क्लबले खराब प्रदर्शन जारी राखेपछि नेभिल बर्खास्तमा परेका हुन् ।

४६ वर्षीय नेभिल सन् २०२१ मा मियामीको मुख्य प्रशिक्षक बनेका थिए । मियामी इङ्ल्यान्डका पूर्व खेलाडी डेविड बेकह्यामको स्वामित्वमा रहेको क्लब हो ।

उनको नेतृत्वमा मियामीले गत सिजन एमएलएस कप प्लेअफ खेलेको थियो । यस सिजन भने क्लबले १३ खेल खेल्दा १० हार व्यहोरेको छ ।