इङ्लिस प्रिमियर लिग

ग्वार्डिओलाभन्दा फर्गुसन महान भएको इर्विनको दाबी

लन्डन । म्यानचेस्टर युनाइटेडका लिजेन्ड डेनिस इर्विनले एलेक्स फर्गुसन इङलिस प्रिमियर लिगकै महान प्रशिक्षक भएको प्रतिक्रिया दिएका छन ।

म्यानचेस्टर सिटीका प्रशिक्षक फर्गुसनपछि प्रिमियर लिगको क्लबबाट एकै सिजन तेहेरो उपाधि जित्ने पहिलो प्रशिक्षक बन्ने दौडा छन । प्रिमियर लिग विजेता सिटीले शनिबार एफए कपको फाइनलमा युनाइटेडसँग खेल्नेछ भने च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलानविरुद्ध खेल्नेछ । 

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले पछिल्लो ६ सिजनमा ५ पटक प्रिमियर लिगको उपाधि जितेको छ । 

‘ग्वार्डिओलाले अझै आफुलाई प्रमाणित गर्न बाँकी छ’, इर्विनले भने ‘सर एलेक्सले प्राप्त गरेको सफलताभन्दा ग्वार्डिओला पछि छन । फर्गुसन युरोपकै सर्वाधिक सफल र महान प्रशिक्षक हुन । मैले ग्वार्डिओलालाई नराम्रो भनेको होइन । उनले आफूलाई अझै प्रमाणित गर्न बाँकी छ मात्र भनेको हुँ ।’

इर्विनले युनाइटेड सिटीलाई पराजित गर्दै एफए कपको उपाधि जित्न सक्षम रहेको समेत बताए ।

‘युनाइटेडमा राम्रा खेलाडी छन,जो सिटीलाई हराउन सक्षम छन,’उनले भने ।