चैत्र ७, २०८२ शनिबार | १५:१३:१९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।

साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएको थियो ।

एन्फाले निर्धारित तालिका अनुसार शुक्रबार दशरथ रंगशालामा टोलीको प्रशिक्षण हुने र त्यसपछि स्थगित गरिएको जनाएको छ । 

शीर्ष डिभिजनका १० क्लबले बिहीबार लिग सकिएपछि मात्र राष्ट्रिय टोलीमा परेका खेलाडी रिलिज गर्ने निर्णय गरेका थिए ।

यसैगरी क्लबहरुले एन्फाले लिगको तयारी खर्च, म्याच मनी, ‘म्यान अफ द म्याच’ ले पाउने रकम उपलब्ध नगराउँदा सम्म जेठ १९ गतेपछिका लिग खेलमा विरोध स्वरुप टोलीका खेलाडी तथा पदाधिकारीहरु कालो पट्टी लगाएर मैदानमा उपस्थित हुने निर्णय पनि गरेका छन् ।

बैठकमा तीन विभागीय र जावालखेल युथ क्लबबाहेका अन्य क्लबका पदाधिकारीहरुको उपस्थिती थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग जेठ २७ गते सकिँदैछ ।

शीर्ष लिग जारी रहेकै अवस्थामा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले साफ च्याम्पियनसिपका लागि मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।

साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ । साफ अगाडी नेपालले जेठ ३२ मा फिलिपिन्ससँग मैत्रिपूर्ण खेल खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

फिफाको प्रतिबन्धको कारण श्रीलंकाले यस संस्करण खेल्ने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन् ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसहित साबिक विजेता तथा आयोजक भारत, कुवेत र पाकिस्तान तथा समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश  छन् ।  

असार ६ मा हुने उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्नेछ । यो खेल नेपाली समयअनुसार दिउँसा ३ः४५ बजे सुरु हुनेछ ।

यसैगरी नेपालले असार ९ मा मा आयोजक भारत तथा असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ ।

माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

नेपालको प्रारम्भिक टोली

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षकः विक्रम लामा, रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ,विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, आशिष गुरुङ, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी,नवीन लामा, एरिक विष्ट, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्डः नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन  

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो