वैशाख २६, २०८२ शुक्रबार | १७:०६:१५
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

मनाङले खुमलटारलाई हरायो

फाइल तस्बिर

काठमाडौं । रोशन राना मगरले गरेको गोल निर्णायाक बन्दा मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रको एफसी खुमलटारमाथि १-० को कठिन जित निकालेको छ ।

जितसँगै २३ खेलमा ३१ अंक जोडेको मनाङ पाँचौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको खुमलटार समानखेलबाट २४ अंकका साथ पुछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा रोशनले इन्जुरी समयमा पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

खेलमा पकड जमाएको भए पनि खुमलटारले पाएका केही राम्रा अवसरलाई चुकाउँदा स्तक्ध बन्न पुग्यो ।

५५औं मिनेटमा एलन थापा पेनाल्टीमा चुक्दा खुमलटारले अग्रता लिने सुनौलो अवसर गुमायो । एलनको प्रहारलाई मनाङका गोलकिपर दिप कार्कीले बचाए ।

स्यामु मुर्मुलाई रमेश थापाले पेनाल्टी बक्स भित्र लडाएपछि खुमलाटारले पेनाल्टीको अवसर पाएको थियो ।

६५औं मिनेटमा गोलकिपर दिप अघि बढेको अवस्थामा राजीव लोप्चनको चिप प्रहार बारमा लागेर फर्कदा खुमलटार अग्रता लिनबाट चुक्यो ।  रिबाउन्ड बललाई दीपले नियन्त्रणमा लिन सफल भए ।

७४औं मिनेटमा आशिष गुरुङको क्लियरेन्स आफ्नै पोस्टको बारमा लाग्दै फर्कदा मनाङ भाग्यमानी सावित रह्यो । 

यस जितसँगै मनाङले खुमलटारसँग पहिलो भेटमा ब्यहोरेको हारको बदाल लिएको छ । पहिलो भेटमा खुमलटार २-१ ले विजयी भएको थियो ।  

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP