सहिद स्मारक ‘ए’ डिभिजन लिग

विदेशी खेलाडी विनै मैदान उत्रिदै खुमलटार

काठमाडौं । श्रम स्विकृती नहँदा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार विदेशी खेलाडी विनै मैदान उत्रिने भएको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुने मनाङविरुद्धको खेलमा प्लेइङ लिस्ट सार्वजनिक हुँदा  खुमलटारको टोलीमा  एक जना पनि विदेशी खेलाडी छैनन् ।

प्राय खेलाडीको श्रम स्विकृति मे ३१ (हिजो) बाट सकिएका कारण उनीहरु मैदान उत्रिन नपाएका हन् ।

खुमलटारबाट मेसोके ओलोमोउ र स्टिेफन विनाङले नियमित रूपमा पहिलो रोजाइमै मौका पाइरहेका थिए । यसैगरी टोलीमा थियो अपो पनि विदेशी खेलाडीका रुपमा अनुबन्ध छन् ।

 मनाङले पनि एश मात्रेलाई पहिलो रोजाइमा उतार्दा साइदअजमोल वैकल्पिक खेलाडीको रुपमा टोलीमा राखेको छ । 

 नियमित रुपमा पहिलो रोजइबाट खेलिरहेका टिमोथी कोफी कुडो, साहिद अजिज, डिवान्डो डियाग्ने भने टोलीमा छैनन् ।  

यसअघि बिहीबार  नै च्यासल मैदनमा सम्पन्न खेलमा पनि फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब विदेशी खेलाडी विनै मैदान उत्रिएका थिए ।