काठमाडौं । अग्रता जोगाउन नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्र क्लबविरुद्ध १-१ को बराबरीमा रोकिएको छ ।
बराबरीसँगै २२ खेलमा ३० अंक जोडेका आर्मी चौथो स्थानमा कायम छ । मछिन्द्र समान खेलबाट ३६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
च्यासल मैदानमा शनिबार सम्पन्न खेलको १७औं मिनेटमा दिनेश हेन्जनको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । ६०औं मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुन पुग्दा मछिन्द्र १-१ को बराबरीमा आयो ।
आर्मी लिगमा मछिन्द्रविरुद्ध अपराजित रह्यो । पहिलो भेटमा आर्मी २-० ले विजयी भएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
