सहिद स्मारक‘ए’ डिभिजन लिग

संकटामाथि एपिएफको रोमाञ्चक जित

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै एपिएफले २१ खेलमा २६ अंक जोडेको छ । पराजय ब्यहोरेको संकटाको समान खेलबाट २३ अंक छ ।

च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन दुवै गोल आवास लामिछानेले गरे । संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए ।

खेलको २४औं मिनेटमा आवासको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा आवासले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

५०औं मिनेटमा मनिषले गाेल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन ।

यससँगै एपिएफलले संकटासँग पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा संकटा १-० ले विजयी भएको थियो ।