स्पेनिस ला लिगा

बार्सिलोना भालाडोलिडसँग स्तब्ध

मड्रिड । च्याम्पियन बार्सिलोनालाई ३-१ ले स्तब्ध पारेसँगै रियाल भालाडोलिडले स्पेनिस ला लिगाको हैसियत जोगाउने सम्भावना बलियो पारेको छ ।

३६ खेलमा ३८ अंक जोडेको भालाडोलिड १७औं छ । जुन १८औं स्थानको गेटाफेभन्दा तीन अंक बढी हो । १९औं स्थानको स्पानियोलको ३४ र २०औं स्थानको इल्चेको २० अंक छ । इल्चे यसअघि नै रेलिगेशनमा परिसकेको छ ।

लिग विजेता शीर्ष स्थानको बार्सिलोनाको भने ३६ खेलमा ८५ अंक छ । दास्रो स्थानको एट्लेटिको मड्रिडको ७२ र तेस्रो स्थानको रियाल मड्रिडको ७१ अंक छ । 

खेलको दोस्रो मिनेटमा बार्सिलोनाका आन्द्रियास क्रिस्टेनसेनले गरेको गोलमा भालाडोलिडले अग्रता लिएको थियो । २२औं मिनेटमा काइल लारेनले गरेको पेनाल्टी गोलमा भालाडोलिडले अग्रता दोब्बर पारेको थियो । 

७३औं मिनेटमा गोन्जालो प्लाटाको गोलमा भालाडोलिडले अग्रता ३० मा पुर्याएको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा रोबर्ट लेवान्डोवस्कीले गरेको गोल बार्सिलोनका लागि सान्त्वना बन्यो ।