वैशाख २६, २०८२ शुक्रबार | १७:१९:१४
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

सिन्धु कपमा आठ टोली

काठमाडौं । युथ स्पोर्टस क्लबको आयोजनामा यही जेठ २८ देखि असार २ गते सम्म हुने ‘सिन्धु कप फुटबल प्रतियोगिता’ मा सहिद स्मारक ‘ए’ डिभिजनका दुईसहित आठ टोलीको सहभागिता रहने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मलेनमार्फत प्रतियोगितामा  ‘ए’ डिभिजन लिगका त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबसहित ‘बी’ डिभिजनका प्लानिङ ब्वाइज युनाइटेड, झम्सिखेल युथ र ब्रिगेड ब्वाइज क्लब, आयोजक युथ स्पोर्टस क्लब, दोलखा जिल्ल फुटबल संघ तथा काभ्रेपलाञ्चोक जिल्ला फुटबल संघको सहभागिता रहने जानकारी गराएको हो ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीलाई एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट हुनेले जनही पाँच हजा रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । ‘प्लेयर अफ द म्याच’ ले दुई हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरु लामुसाँघुस्थित बसन्तपुर खेल मैदानमा खेलाइनेछ ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP