वैशाख २६, २०८२ शुक्रबार | १०:५४:२०
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

मछिन्द्र र फ्रेन्ड्सको बराबरीः के भन्छन् प्रशिक्षक ?

फाइल फोटो

काठमाडौं । काठमाडौं सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबले २-२ को बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार सम्पन्र खेलमा मछिन्द्रका लागि दुवै गोल ओलावाले अफिजले गरे । फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकी र रफिक अमिनुले समान एक गोल गरे ।

खेलपछिको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले लक्ष्य अनुरुपको प्रदर्शन हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

मछिन्द्रका प्रशिक्षक किशोरकुमार केसीले तीन अंक जोड्ने लक्ष्य पूरा नभएको बताए ।

‘एक अंक जोडे पनि हामी शीर्ष तीनमै छौं । मलाई फ्रेन्ड्स क्लब बलियो छ भन्ने थाहा थियो । उनीहरुको रणनितीको बारेमापनि थहा थियो, प्रशिक्षक केसीले भने,‘ उनीहरु पहिला कम्प्याक्ट डिफेन्स बनाउँछन् र त्यसपछि टार्गेट, कि र बिंग प्लेयर्स मध्ये कि प्लेयर्सले बल फिक्स गर्छ र आक्रमण बुन्ने गर्छन् । सबै कुरा राम्रोसँग थाहा भएकाले त्यसलाई तोड्दै स्पष्ट तीन अंक लिने लक्ष्य थियो । त्यो भने पूरा हुन सकेन ।’

फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नौ गल्तीका कारण गोल खान पुगेको बताए । उनी रेफ्रीको निर्णयप्रति भने असन्तुष्ट देखिए ।

‘जित्ने लक्ष्य थियो । समयमै गोल निस्किएको पनि हो । डिफेन्समा राम्रोसँग तालमेल नमिल्दा गोल खान पुग्यौं,’ प्रशिक्षक श्रेष्ठ भने,‘ सुरु कै एउटा फउलमा रेड कार्ड हुनुपथ्र्यो । त्यो रेड कार्ड भएको भए खेल नै परिवर्तन हुन सक्थो । रेफ्रीले के देखेर पहेंलो कार्ड मात्र दियो थाहा भएन । त्यहाँ गोलको अवसर सिर्जना भइसकेको थियो । वान भर्सेस वानको स्थितीमा पछाडीबाट ट्याकल गरेकाले रेड कार्ड हुनुपर्थ्यो जस्ता लाग्छ ।’ 

खेलको १५औं मिनेटमा रफिक अमिनुमाथि  मछिन्द्रका रक्षक ओमोलाजा करिमले पेनाल्टी बक्स बाहिर फउल गरेका थिए । 

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP