चैत्र १८, २०८२ बुधबार | १६:१२:५४
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

जावलाखेललाई शीर्ष स्थान कायम राख्ने दबाब

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबको सामना गर्दा जावलाखेल युथ क्लब जितसहित शीर्ष स्थान कायम गर्न चाहन्छ ।

पहिलो चरणको समाप्तीमा जावलाखेल १३ खेलमा २४ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको थ्री स्टार क्लब र तेस्रो स्थानको सातदोबाटो युथ क्लबभन्दा मात्र २ अंक बढी हो । 

आज हुने खेलमा पुलिसलाई हराएका जावलाखेलले सो अग्रता ५ अंकमा पुर्याउने छ । पहिलो चरणको अन्तिम खेलमा जावलाखेल संकटा क्लबसँग ११ को बराबरीमा रोकिएको थियो ।

यता पहिलो चरणमा खराब सुरुआत गरे पनि पछिल्ला केही खेलहरुमा ल्याएको लगातारको सुखद नतिजाले हौसिएको पुलिस जावलाखेलको उत्कृष्ट लयमा ब्रेक लगाउने लक्ष्यमा छ । पुलिस १२ अंकसहित १४औं  स्थानमा छ । 

पहिलो चरणमा भएको भेटमा जावलाखेलले पुलिसलाई हराएको थियो ।

आजै हुने अर्को खेलमा थ्री स्टारले एफसी खुमलटारको समना गर्दैछ । खुमलटार १३ खेलमा १२ अंकसहित १३औं स्थानमा छ । 

थ्री स्टारले पहिलो चरणको अन्तिम खेलमा न्युरोड टिम (एनआरटी) लाई १० को नतिजा सुम्पिएको थियो ।खुमलटारले भने पुलिसलाई नतिजा सुम्पिएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो