भाद्र २३, २०८१ आइतबार | १०:१८:१५
एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि

बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत  सोमबार सम्पन्न नवौं चरणको खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

यस नतिजासँगै दुवै टोलीले शीर्ष स्थानमा रहेका जावलाखेल र सातदोबाटोसँग अंक बराबरी गर्ने अवसर गुमाए । जावलाखेल र सातदोबाटोको नौ खेलबाट १७ अंक छ ।थ्री स्टार र चर्च ब्वाइजले नाै खेलबाट समान १५ अंक जाेडेका छन् । 

दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

खेलको २४ औं  मिनेटमा चर्च ब्वाइजका एरिक विष्टको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद ताहाले बचाए ।

३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईंले सहज अवसर गोलमा परिणत गर्न सकेनन् । पिटर सेगुनले मिस पास गर्न पुग्दा पेनाल्टी बक्सभित्र रहेका आशिषले गोलको अवसर पाएका थिए । तर, वान भर्सेस वानमा आशिषको प्रहार बाहिरिन पुग्यो ।

४१ औं मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त थापाले पेनाल्टी बक्सभन्दा थोरै बाहिरिबाट प्रहार गरेको बल ताहाले बचाए ।

६८ औं मिनेटमा  थ्री स्टारका मनग्य नकर्मीको फितलो प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसो एनजाङाले बचाए ।

७६ औं मिनेटमा आशिषको पासमा मिलन राईले गरेको प्रहार ताहाले बचाए । ८८ औं मिनेटमा  थ्री स्टारका दिपेश गुरुङको फ्रिकिक बाहिरियो ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफू एक अंकमा पनि खुसी रहेको बताए ।

‘चर्च ब्वाइजको मिडफिल्ड एकदमै राम्रो खेल्यो । त्यसले गर्दा हामीलाई गार्हो भयो । एक अंक प्राप्त गरेकोमा खुसी छु,’ केसीले भने ।

यसैगरी चर्च ब्वाइजका बाल गोपाल महर्जन राम्रो प्रदर्शन भए पनि फिनिसिङमा चुक्दा अंक बाँड्नु परेको बताए ।

‘हामीले सुरु देखि नै खेलमा पकड जमाएका थियौं । बल पोजेसन पनि सायद ७०/ ३० होला । तर, फिनिसिङ चुक्दा अंक बाँड्न बाध्य बन्यौ’, महर्जनले भने । 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024