सहिद स्मारक ‘ए’ लिग

एन्फाको लापरबाहीका करण खेल सुरु हुन ढिलाई

फाइल तस्बिर

काठमाडौं । अखिल नेपाल फुटब संघ (एन्फा) को लापरबाहीका करण सहिद स्मारक ‘ए’ लिग अन्तर्गत संकटा र विभागीय टोली एपिफविरुद्धको खेल करिब आधा घन्टा ढिलो गरी सुरु भएको छ ।

लिग अन्तर्गत नवौं चरण अन्तर्गतको खेलमा संकटाका गोलकिपर र एपिएफका खेलाडीको जर्सीको रंग जुधेपछि च्यासल मैदानमा खेल ढिलो सुरु भएको हो।

संकटा र एपिफबीचको खेल ३ः०० सुरु  हुने तालिका रहे पनि जर्सीको रंग जुधेपछि खेल ३ः२७ मा सुरु भएको हो ।

नियम अनुसार खेलको अगाडी नै म्याच कमिसनरलाई कुन जर्सी कस्तो कलरको जर्सी सम्पुर्ण जान्कारी गराउनु पर्छ। यसमा एन्फाले ध्यन दिन नसक्दा खेल करिब आधा घन्टा ढिलो सुरु भएको हो ।

संकटा आठ खेलमा तीन जित, तीन बराबरी र दुई हारको नतिजासहित १२ अंकका साथ आठौं स्थानमा छ । एपिएफ आठ खेलमा तीन जित, दुई बराबरी र तीन हारको नतिजासहित ११ अंकका साथ नवौं स्थानमा छ ।