फ्रेन्च लिग वान

एम्बाप्पेले ताेडे काभानीकाे कीर्तिमान

काठमाडौं । किलियन एम्बाप्पेले फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन् ।

लिग वानअन्तर्गत शनिबार राति लेन्सविरुद्ध ३-१ को जित निकालेको खेलमा एक गोल गरेसँगै एम्बाप्पे यो उपलब्धी हासिल गरेका हुन् ।

योसँगै एम्बाप्पेले एक ६७ लिग खेलमा आफ्नो गोल संख्या एक सय ३९ पुर्याएका छन् । उनले एडिन्सन काभानीको नाममा रहेको एक सय ३८ गोलको कीर्तिमान ताेडेका हुन् ।

एम्बाप्पेले खेलको ३१ औं मिनेटमा भिटिन्हाको पासमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । पिएसजीका लागि थप गोल लियोनल मेसी र भिटिन्हाले गरे । लेन्सका लागि प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए ।