इङ्लिस प्रिमियर लिग

चोटका कारण मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने

काठमाडौं । खुट्टाको चोटका कारणइङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका रक्षक लिसान्ड्रो मार्टिनेजले सिजनको बाँकी खेल गुमाउने भएका छन् ।

२५ वर्षीय मार्टिनेज युरोपा लिग अन्तर्गत स्पेनिस क्लब सेभियाविरुद्धको खेलमा घाइते भएका थिए। मार्टिनेजको दायाँ खुट्टाको हड्डी भाँचिएको छ ।

बिहीबार राति भएको  क्वार्टरफाइनल अन्तर्गत पहिलाे लेग २-२ को बराबरीमा सकिएको थियो । अर्जेन्टिनका मार्टिनेजले ८६औं मिनेटमा मैदान छाडेका थिए । खेलमा परिवर्तन गर्ने खेलाडीको कोटा पनि सकिएपछि युनाइटेडले १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो ।

युनाइटेडले सेभियाविरुद्धकै खेलका दैरान घाइते भएका अर्का रक्षक राफेल भरान पनि केही साता मैदान बाहिर रहने जनाएको छ।