चैत्र १२, २०८२ बिहीबार | ०३:१२:३४
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

‘ए’ डिभिजन लिगः थ्री स्टारको कठिन जित, बराबरीमा रोकियो मछिन्द्र

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहिबार छैटौं चरणका दुई खेल सम्पन्न भएका छन् । थ्री स्टारले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दा साबिक विजेता मछिन्द्र फुटबल क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकियो ।

आर्मीमाथि थ्री स्टारको कठिन जित

फरवार्ड मार्टिन कायोडे अजाइले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा थ्री स्टारले  साबिक उपविजेता आर्मीमाथि १-० को कठिन जित निकाल्यो । 

 च्यासल मैदनमा भएको खेलमा अजाइले १७ औं मिनेटमा कप्तान विक्रम लामाको पासलाई सदुपयोग गरेका थिए ।

यससँगै थ्री स्टारले ६ खेलमा तीन जित दुई हार र एक बराबरीको नजितसहित १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको आर्मीको ६ खेलमा समान दुई जित, हार र बराबरीको नतिजासहित आठ अंकका साथ आठौं स्थानमा छ ।

सातौं चरणमा थ्री स्टारले चैत २७ गते मनाङ मर्स्याङदी तथा आर्मीले चैत २६ गते सातदोबाटो युथ क्लबको सामना गर्नेछन् ।

विदेशी खेलाडीमा निर्भर रहनु परेको छः प्रशिक्षक केसी

जितपछि पत्रकार सम्मेलनमा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले हालको परिस्थितीमा लिगका अधिकांश टोली विदेशी खेलाडीमा निर्भर रहनु परेको बताएका छन् ।

‘अहिले नेपाली फुटबलको परिस्थिती नै यस्तो बनेको छ की लिगका अधिकांश टोली विदेशी खेलाडीमा निर्भर रहनु परेको छ । पछिल्लो सिजन लिग खेलेका धेरै खेलाडी विदेश पलायन भएका छन्,’ केसीले भने,‘ खेलाडी अभावका कारण हामीले विक्रम लामा, विराज महर्जन जस्ता भेट्रान खेलाडीलाई पनि मैदान उतार्नु परेको छ । टोलीका युवा खेलाडीमा अनुभवको कमी छ । थ्री स्टारको मात्र नभएर प्राय सबै टोलीको यस्तै स्थिती छ । यस्तो अवस्थामा विदेशी खेलाडीमा भर पर्नु बाहेकको विकल्प पनि छैन । आर्मी जस्तो बलियो टोलीविरुद्ध युवा खेलाडीको प्रदर्शनप्रति खुसी छु ।’

विमलको गोलमा हारबाट जोगियो मछिन्द्र

फरर्वाड विमल घर्ती मगरको गोल गरेपछि मछिन्द्र फुटबल क्लब हारबाट जोगिएको छ । मछिन्द्रले हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  सम्पन्न खेलको ८६ औं मिनेटमा सत्यम शर्माले पेनाल्टीमार्फत गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए । निशान लिम्बुको प्रहार मछिन्द्रका रक्षक छिरिङ गुरुङको हातमा लागेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सत्यमले सहजै गोल गरे ।

यस नितिजासँगै ६ खेलमा एक जित, तीन बराबरी र दुई हारको नतिजासहित ६ अंक जोडेर मछिन्द्र १० औं स्थानमा छ । हिमालयन शेर्पा पनि समान खेलमा एक जित, तीन बराबरी र दुई हारको नतिजासहित ६ अंकका साथ नवौं स्थानमा छ ।

अब चैत २६ गते मछिन्द्रले संकटा तथा हिमालनयले न्युरोड टिम (एनआरटी) सँग प्रतिपर्धा गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो