माघ १६, २०८२ शुक्रबार | १६:०७:११
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

‘ए’ डिभिजन लिगः थ्री स्टारको कठिन जित, बराबरीमा रोकियो मछिन्द्र

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहिबार छैटौं चरणका दुई खेल सम्पन्न भएका छन् । थ्री स्टारले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दा साबिक विजेता मछिन्द्र फुटबल क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकियो ।

आर्मीमाथि थ्री स्टारको कठिन जित

फरवार्ड मार्टिन कायोडे अजाइले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा थ्री स्टारले  साबिक उपविजेता आर्मीमाथि १-० को कठिन जित निकाल्यो । 

 च्यासल मैदनमा भएको खेलमा अजाइले १७ औं मिनेटमा कप्तान विक्रम लामाको पासलाई सदुपयोग गरेका थिए ।

यससँगै थ्री स्टारले ६ खेलमा तीन जित दुई हार र एक बराबरीको नजितसहित १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको आर्मीको ६ खेलमा समान दुई जित, हार र बराबरीको नतिजासहित आठ अंकका साथ आठौं स्थानमा छ ।

सातौं चरणमा थ्री स्टारले चैत २७ गते मनाङ मर्स्याङदी तथा आर्मीले चैत २६ गते सातदोबाटो युथ क्लबको सामना गर्नेछन् ।

विदेशी खेलाडीमा निर्भर रहनु परेको छः प्रशिक्षक केसी

जितपछि पत्रकार सम्मेलनमा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले हालको परिस्थितीमा लिगका अधिकांश टोली विदेशी खेलाडीमा निर्भर रहनु परेको बताएका छन् ।

‘अहिले नेपाली फुटबलको परिस्थिती नै यस्तो बनेको छ की लिगका अधिकांश टोली विदेशी खेलाडीमा निर्भर रहनु परेको छ । पछिल्लो सिजन लिग खेलेका धेरै खेलाडी विदेश पलायन भएका छन्,’ केसीले भने,‘ खेलाडी अभावका कारण हामीले विक्रम लामा, विराज महर्जन जस्ता भेट्रान खेलाडीलाई पनि मैदान उतार्नु परेको छ । टोलीका युवा खेलाडीमा अनुभवको कमी छ । थ्री स्टारको मात्र नभएर प्राय सबै टोलीको यस्तै स्थिती छ । यस्तो अवस्थामा विदेशी खेलाडीमा भर पर्नु बाहेकको विकल्प पनि छैन । आर्मी जस्तो बलियो टोलीविरुद्ध युवा खेलाडीको प्रदर्शनप्रति खुसी छु ।’

विमलको गोलमा हारबाट जोगियो मछिन्द्र

फरर्वाड विमल घर्ती मगरको गोल गरेपछि मछिन्द्र फुटबल क्लब हारबाट जोगिएको छ । मछिन्द्रले हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  सम्पन्न खेलको ८६ औं मिनेटमा सत्यम शर्माले पेनाल्टीमार्फत गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए । निशान लिम्बुको प्रहार मछिन्द्रका रक्षक छिरिङ गुरुङको हातमा लागेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सत्यमले सहजै गोल गरे ।

यस नितिजासँगै ६ खेलमा एक जित, तीन बराबरी र दुई हारको नतिजासहित ६ अंक जोडेर मछिन्द्र १० औं स्थानमा छ । हिमालयन शेर्पा पनि समान खेलमा एक जित, तीन बराबरी र दुई हारको नतिजासहित ६ अंकका साथ नवौं स्थानमा छ ।

अब चैत २६ गते मछिन्द्रले संकटा तथा हिमालनयले न्युरोड टिम (एनआरटी) सँग प्रतिपर्धा गर्नेछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।