वैशाख २८, २०८२ आइतबार | १६:२१:११
सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै

खप्तड गोल्डकपमा जात्राः मैदानमा सात खेलाडीमात्र

काठमाडौं । बेथितिको पराकाष्टामा पुग्दै गरेको नेपाली फुटबलमा बुधबार एउटा दूर्लभ घटना भएको छ ।

कैलालीको धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्यामरुनी टोली एभिनियर एफसी ९ खेलाडीको साथमा मैदान उत्रियो । प्रतियोगितामा सहभागी एकमात्र विदेशी टोली एभिनियरका खेलाडीहरु समयमा धनगढी नपुगेका कारण त्यस्तो जात्रा देखिएको हो ।

‘एभिनियरले खेलाडी आउँदैछन् भनेर केही समय खेल ढिला गरायो । तर अन्तिमसम्म पनि नआइपुगेपछि ९ खेलाडीमात्र उतारिएको हो,’ आयोजकका एक अधिकारीले भने ।

आयोजकका अनुसार एभिनियरले आफ्ना एक खेलाडीको भिसा सकिएको र अर्का एक खेलाडीको श्रम स्वीकृति प्रक्रिया पूरा नभएका कारण कम्तिमा ११ खेलाडी पनि उपस्थित गराउन नसकेको हो ।

फुटबल ११ खेलाडीको खेल हो । तर मनाङ मर्स्याङ्दी क्लबविरुद्धको सेमिफाइनलमा पहिलो रोजाईमा दुई खेलाडी कम लिएर मैदान उत्रिएको अफ्रिकी टोली दुई खेलाडीले पहिलो हाफमै रातो कार्ड सामना गरेपछि सात खेलाडीको भरमा आधाभन्दा बढि समय मैदानमा संघर्ष गर्यो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियमअनुसार मैदानमा सातभन्दा कम खेलाडी भए खेल गराउन मिल्दैन । पहिलो रोजाईमा ११ खेलाडी मैदान प्रवेश गर्नैपर्छ ।

एन्फाको स्वीकृतिप्राप्त प्रतियोगितामै यस्तो हुँदा समेत नेपाली फुटबलको सर्वोच्च निकाय भने बेखवर छ । एन्फाको प्रतिस्पर्धा निर्देशक सञ्जिव मिश्र भन्छन्, ‘९ खेलाडीको भरमा खेल गराएको विषयमा हामीलाई कुनै जानकारी छैन् । सामान्यतया त्यसो गर्न मिल्दैन ।’ मिश्रका अनुसार एन्फाको आयोजनामा जारी शीर्ष डिभिजनको लिगमा कम्तिमा १६ खेलाडी नभइकन खेल सुरु गर्न मिल्दैन ।

एभिनियरका जोर्डन जुनियरले दुई पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि टोली २४औं मिनेटमा आठ खेलाडीमा सीमित भएको थियो । त्यसको सात मिनेटपछि ३१औं मिनेटमा गोलकिपर यो नापोकोन एनले पेनाल्टी बक्सबाहिर आएर हातले बल रोकेवापत सोझै रातो कार्ड सामना गरेपछि टोली सात खेलाडीमा सीमित भयो ।

खेलमा मनाङले सुडिजो अजमोल जमालको ह्याट्रिक तथा जीवन गुरुङ, अनिल गुरुङ र प्रसन्न श्रेष्ठको एक/एक गोलमा ६-० को अग्रता जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । 

(अपडेट गरिएको समाचार)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP