विराट गोल्ड कप

भारतको लुका सकर क्लब फाइनलमा

काठमाडौं । साबिक विजेता विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै भारतको लुका सकर क्लब सातौं विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ ।

विराटनगरको सहित रंगशालामा मंगलबार निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा लुकाका लागि चार्ल्स, कप्तान मोहम्मद अर्साद, मोहम्मद रफी र पल ओपारेले गोल गर्दा यामुद्दिनको प्रहार एपिएफका गोलकिपर राजु नगरकोटीले बचाएका थिए ।

एपिएफका लागि दीपेश धिमाल र सबिन गुरुङले गोल गर्दा विशाल स्याङ्तान र राजु नगरकोटी चुके । विशालको प्रहारलाई लुकका गोलकिपर मोहम्मद सनफिरले बचाउँदा राजुको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।

लुकाले उपाधिका लागि घरेलु टोली विराटनगर सिटी एफसीको सामना गर्नेछ । विराटनगर जावलाखेल युथ क्लबलाई २-१ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।