
काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरमाथि ३-१ को सहज जित निकालेको छ ।
सिड्नीस्थित कोम्बैंक स्टेडियममा अस्ट्रेलियालाई जित दिलाउन ज्याक्सन इर्विन, एवर माबिल र गारंग कुओलले समान एक गोल गरे । इक्वेडरका लागि फेलिक्स टोरेसले एक गोल फर्काए ।
खेलको १२ औं मिनेटमा इर्विनको गोलमार्फत अस्ट्रेलियाले अग्रता लिएको थियो । इर्विनले मिचेल डुकको पासलाई सदुपयोग गरेका थिए ।
२३ औं मिनेटमा टोरेसले इक्वेडरलाई बराबरीमा ल्याए । टेरेसले जेरेमी सार्मिएन्टोको पासलाई सदुपयोग गरेका हुन् । ३२ औं मिनेटमा माबिलले गोल गर्दै अस्ट्रेलियालाई २-१ ले अगाडी बढाए ।
८४ औं मिनेटमा कुओलले अजिज बेहिचको पासलाई गोलमा परिणत गर्दै अस्ट्रेलियालाई ३-१ को जित दिलाए ।
अब अस्ट्रेलिया र इक्वडेरले मार्च २८ मा फेरी एक अर्काको सामना गर्नेछन् ।