इङ्लिस प्रिमियर लिग

औबामियाङलाई पुनः अनुबन्ध गर्ने बार्सिलोनाको चाहना

मड्डि । स्पेनिस क्लब बार्सिलोनाले इङलिस प्रिमियर लिगको क्लब चेल्सीका स्ट्राइकर पिएरे इमरिक औबामियाङलाई फ्रि एजेन्टमार्फत जुलाई ट्रान्सफर विन्डोमा पुनः अनुबन्ध गर्न गर्न चासो देखाएको छ ।

गावोनबाट अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका ३३ वर्षीय औबामियाङ पछिल्लो समय प्रशिक्षक ग्राहम पोटरको पहिलो रोजाइमा पर्न सकेका छैनन् ।

बार्सिलोनाले पिएरेलाई पुनः क्याम्प नोउमा फर्काउन प्रयास गरिरेहको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यद्यपी, पिएरेलाई बार्सिलोनाको खेलाडी बन्न आफ्नो तलबमा कटौती गर्नुपर्ने हुन्छ । किनकी, आर्थिक अभाब झेलिरहेको बार्सासँग नयाँ खेलाडी अनुबन्धका लागि पर्याप्त रकम छैन ।

बार्सिलोनासँगै इटालियन क्लब एसी मिलान र स्पेनिस क्लब एट्लेटिको मड्रिड पनि औबामियाङलाई भित्राउन इच्छुक  देखिएका छन् । 

औबामियाङ फ्रि एजेन्टमार्फत अनुबन्ध भएको ६ महिनामै बार्सिलोनबाट गत जुलाईमा १२ मिलियन युरोमा चेल्सी पुगेका थिए । 

औबामियाङले चेल्सीका लागि १८ खेल खेल्दै तीन गोल गोल मात्र गरेका छन् ।