चैत्र १८, २०८२ बुधबार | १५:१०:१५
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

इरिकसन चाँडै मैदान फर्किने छन्ः टेन हाग

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले मिडफिल्डर क्रिस्चियन इरिकसन करिब डेढ महिनापछि मैदान फर्किन सक्ने बताएका छन् ।

इरिकसन काराबाओ कप अन्तर्गत  गत जनवरी २८ मा युनाइटेडले रिडिङमाथि ३- १ को जित दर्ता गरेको खेलमा घाइते भएका थिए । रिडिङका फरवार्ड एन्ड्री क्यारोलले ट्रयाकल गर्दा उनको घुँडामा चोट लागेको थियो ।

३१ वर्षीय डेनिस मिडफिल्डरले यस सिजनको बाँकी खेल गुमाउने आकंलन गरिएको थियो । यद्यपी, उनी आगमी अप्रिल / मे सम्म मैदान फर्किसक्ने हागले बताएका छन् । 

‘पक्कै पनि इरिकसन अप्रिल अथवा मे महिनामा फर्कने छन्’ टेन हागले भने,‘उनको स्वास्थ्यमा सुधार आएको छ । उनले राम्रोसँग थेरापीहरु गरेपछि सकारात्मक नतिजा आइरहेको छ । हामी अझै कसरी उनको स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ भनेर प्रयास गरिरहेका छौँ ।’

इरिकसनले युनाइटेडबाट २९ खेल खेल्दै दुई गोल गर्नुका साथै नौ गोलका लागि असिस्ट पनि गरेका छन् । 

अप्रिलमा युनाइटेडले प्रिमियर लिग, एफए कप, युरोपा लिग लगायत अन्य नौँ खेल खेल्ने छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो