माघ १४, २०८२ बुधबार | २१:४०:५४
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

‘ए’ डिभिजन लिगः जावलाखेलको तेस्रो जित, बराबरीमा रोकिए मछिन्द्र र चर्च ब्वाइज

काठमाडौं ।  साविक विजेता मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं चरण अन्तर्गत शुक्रबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ । 

चर्च ब्वाइजले च्यासल रंगशालमा मछिन्द्र १० खेलाडीमा समेटिएको अवस्थाको फाइदा उठाउन भने सकेन ।

खेलको ४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । पुजनले चर्च ब्वाइजका जोसेफ बेम्पालाई कुहिनोले प्रहार गरेपछि रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।    जारी लिगमा देखाइएको यो चौथो रातो कार्ड हो । यसअघि विभागीय टोली नेपाल एपिएफ क्लबका एडामा डोम्बिया, जाबलाखेल युथ क्लबका कप्तान सिमान्त थापा र सातदोबाटो युथ क्लबका सार्दोर्बेक माट्मुराटोभले रातो कार्डको सामना गरेका गरेका थिए ।

जावालाखेलको तेस्रो जित, थ्री स्टार पराजित 

जावलाखेल युथ क्लबले लिगमा तेस्रो जित निकाल्ने क्रममा सहरी प्रतिद्धन्द्धी थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १६ औं मिनेटमा हिसुब थपलियाले कर्नर क्षेत्रबाट मिलाएको क्रसमा एनकोटा मासोबीको सुन्दर भली प्रहारले सेकेन्ड बारको जाली चुमेको थियो । यही गोल जावलाखेललाई जित दिलाउन पर्याप्त बन्यो । 

हामी अन्तर्राष्ट्रिय ब्रेकपछी बलियो बनेर फर्किने छौंः प्रशिक्षक केसी

शुक्रबारको पराजयपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले अन्तर्राष्ट्रिय ब्रेकपछि टोली बलियो भएर फर्किने बताएका छन् ।

‘हामीले प्रि–सिजनमा राम्रोसँग टोली निर्माण गर्न पाएनौं । अन्तर्राष्ट्रिय ब्रेकका दौरान खेलाडीलाई अझै मजबुद बनाएर फर्किने प्रयास गर्नेछौं,’केसीले भने,‘हामीसँग युवा खेलाडी भएकाले उनीहरु खासै परिपक्क भइसकेका छैनन् र अनुभव लिन पनि पाएका छैनन् । यसबीचमा हामी केही प्रतियोगितामा पनि भाग लिने छौं । युवा खेलाडीलाई अनुभव बटुल्ने मौका दिने छौं ।’

यसैगरी केसीले अहिले प्राय सबै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेकाले एक नासको प्रर्दशन नभएको बताएका छन् । 

‘यसपटक प्राय सबै टोलीमा नयाँ र युवा खेलाडी रहेकाले एकै नासको प्रदर्शन आइरहेको छैन । उनीहरु परिपक्क भइसकेका छैनन्, त्यसैले कुनै दिन राम्रो प्रदर्शन गर्छन् कुनै दिन गर्न सक्दैनन्,’ केसीले थपे,‘आज पनि जावलाखेल र हामीबीचको खेल समान स्तरको थियो । उनीहरुबाट एउटा गोल निस्कियो । यसैले खेलमा प्रभाव पार्यो । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनौं । यसपटक सबै टोली विदेशी खेलाडीमै निर्भर छन् । उनीहरुबाट पनि एकै नासको प्रदर्शन हुन सकेको छैन । आज जावलाखेलका विदेशी खेलाडीबाट राम्रो प्रदर्शन भयो ।’  

शनिबार अन्तर्राष्ट्रिय ब्रेकअघिको अन्तिम तीन खेल हुनेछन् ।

शनिबार साढे दुई बजे च्यासल मैदानमा फेन्ड्स क्लब र त्रिभुवन आर्मी फुटबल क्लब तथा दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम (एनआरटी) आमने सामने हुँदैछन् ।

यसैगरी साँझ साढे पाँच बजे दशरथ रंशालमा हुने खेलमा मनाङ मर्स्याङदी क्लबले एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।