चैत्र ९, २०८२ सोमबार | ११:१६:५७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

‘ए’ डिभिजन लिगः जावलाखेलको तेस्रो जित, बराबरीमा रोकिए मछिन्द्र र चर्च ब्वाइज

काठमाडौं ।  साविक विजेता मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं चरण अन्तर्गत शुक्रबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ । 

चर्च ब्वाइजले च्यासल रंगशालमा मछिन्द्र १० खेलाडीमा समेटिएको अवस्थाको फाइदा उठाउन भने सकेन ।

खेलको ४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । पुजनले चर्च ब्वाइजका जोसेफ बेम्पालाई कुहिनोले प्रहार गरेपछि रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।    जारी लिगमा देखाइएको यो चौथो रातो कार्ड हो । यसअघि विभागीय टोली नेपाल एपिएफ क्लबका एडामा डोम्बिया, जाबलाखेल युथ क्लबका कप्तान सिमान्त थापा र सातदोबाटो युथ क्लबका सार्दोर्बेक माट्मुराटोभले रातो कार्डको सामना गरेका गरेका थिए ।

जावालाखेलको तेस्रो जित, थ्री स्टार पराजित 

जावलाखेल युथ क्लबले लिगमा तेस्रो जित निकाल्ने क्रममा सहरी प्रतिद्धन्द्धी थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १६ औं मिनेटमा हिसुब थपलियाले कर्नर क्षेत्रबाट मिलाएको क्रसमा एनकोटा मासोबीको सुन्दर भली प्रहारले सेकेन्ड बारको जाली चुमेको थियो । यही गोल जावलाखेललाई जित दिलाउन पर्याप्त बन्यो । 

हामी अन्तर्राष्ट्रिय ब्रेकपछी बलियो बनेर फर्किने छौंः प्रशिक्षक केसी

शुक्रबारको पराजयपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले अन्तर्राष्ट्रिय ब्रेकपछि टोली बलियो भएर फर्किने बताएका छन् ।

‘हामीले प्रि–सिजनमा राम्रोसँग टोली निर्माण गर्न पाएनौं । अन्तर्राष्ट्रिय ब्रेकका दौरान खेलाडीलाई अझै मजबुद बनाएर फर्किने प्रयास गर्नेछौं,’केसीले भने,‘हामीसँग युवा खेलाडी भएकाले उनीहरु खासै परिपक्क भइसकेका छैनन् र अनुभव लिन पनि पाएका छैनन् । यसबीचमा हामी केही प्रतियोगितामा पनि भाग लिने छौं । युवा खेलाडीलाई अनुभव बटुल्ने मौका दिने छौं ।’

यसैगरी केसीले अहिले प्राय सबै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेकाले एक नासको प्रर्दशन नभएको बताएका छन् । 

‘यसपटक प्राय सबै टोलीमा नयाँ र युवा खेलाडी रहेकाले एकै नासको प्रदर्शन आइरहेको छैन । उनीहरु परिपक्क भइसकेका छैनन्, त्यसैले कुनै दिन राम्रो प्रदर्शन गर्छन् कुनै दिन गर्न सक्दैनन्,’ केसीले थपे,‘आज पनि जावलाखेल र हामीबीचको खेल समान स्तरको थियो । उनीहरुबाट एउटा गोल निस्कियो । यसैले खेलमा प्रभाव पार्यो । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनौं । यसपटक सबै टोली विदेशी खेलाडीमै निर्भर छन् । उनीहरुबाट पनि एकै नासको प्रदर्शन हुन सकेको छैन । आज जावलाखेलका विदेशी खेलाडीबाट राम्रो प्रदर्शन भयो ।’  

शनिबार अन्तर्राष्ट्रिय ब्रेकअघिको अन्तिम तीन खेल हुनेछन् ।

शनिबार साढे दुई बजे च्यासल मैदानमा फेन्ड्स क्लब र त्रिभुवन आर्मी फुटबल क्लब तथा दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम (एनआरटी) आमने सामने हुँदैछन् ।

यसैगरी साँझ साढे पाँच बजे दशरथ रंशालमा हुने खेलमा मनाङ मर्स्याङदी क्लबले एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो