वैशाख २६, २०८२ शुक्रबार | १७:१८:१२
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

लिग अलपत्र पारिएकोमा ‘बी’ डिभिजन क्लबको आपत्ति

काठमाडौं । लिग आयोजनमा अखिल नेपाल फुटबल संघ(एन्फा) उदासिन देखिएपछि सहिद स्मारक ‘बी’ डिभिजन लिगका १४ मध्ये १३ क्लबले समयमै लिग हुने ग्यारेन्टीको माग राखेका छन् ।

१३ क्लबहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिग सुरु हुनुभन्दा ४५ दिन अगाडि माघ २९ सम्ममा एन्फाले ‘बी’ डिभिजनका क्लबहरुलाई तयारी खर्चवापत दिनुपर्ने १४ लाख ५० हजारमध्ये पहिलो किस्ताको आठ लाख ७० हजार रुपैयाँ निकासा गर्ने क्लब र एन्फाबीच सम्झौता भए पनि अहिलेसम्म उक्त रकम नपाएको बताएका छन् ।

‘हामीले एन्फालाई बारम्बार ध्यानाकर्षण गराउदा पनि चासो नदिएपछि बाध्य भएर यो पत्रकारसम्मेलन गरेका हौं,कार्यक्रमका सभापती तथा रानीपोखरी कर्नर टिम(एनआरटी) का प्रतिनिधि कुमार राजभण्डारीले भने ।’

अभियानमा ‘बी’ डिभिजनका ब्रिगेड ब्वाइज, मध्यपुर युथ, नयाँ बस्ती युथ, बाँसबारी, कुमारी, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, श्री टुसाल युथ, ब्वाइज युनियन, आरसिटी, श्री भगवती, च्यासल युथ र झापा फुटबल क्लबले एक्यबद्धता जनाएका छन् । एन्फा उपाध्ययक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइज क्लबले भने अन्य क्लबलाई साथ दिएको छैन ।

‘लिग चैत २९ बाट हुने भने पनि अहिलेसम्म क्लबलाई पत्राचार भएको छैन । पहिला घोषणा गरेजस्तै क्लबहरु चैत १५ बाट खेल्न क्लबहरु तयार छन् । नियमावली प्रकाश गरेको छैन,’ एन्फाका पूर्व उपाभ्यक्ष तथा मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले भने,‘ लिग सुरु हुन ४५ दिन अघि दिने भनेको तयारी खर्च अझै दिएको छैन । कसरी घोषित मितिमा लिय हुन्छ भनेर पत्याउनु । ‘बी ’ डिभिजन भनेको खेलाडी उत्पादन गर्ने थलो हो । लिगमा पाँच सय भन्दा बढी खेलाडी सहभागी हुन्छन् । लिग नभए सबै बेरोजगार हुन्छन् । म खेलाडी संघको पनि ध्यानाकर्षण गराउन चाहन्छु । सबै क्लबले तयारी गरिहेका छन् । लाखौ खर्च भइसक्यो । यसको क्षतिपुर्ति कस्ले दिने? ।

उनीहरुले एन्फा र क्लबबीचको सम्झौताअनुसार चैत १५ मा लिग सुरु हुनुभन्दा ४५ दिनअघि क्लब दर्ता गर्ने र त्योभन्दा अघि नै क्लबलाई दिने तयारी रकम १४ लाख ५० हजारको पहिलो किस्ता ८ लाख ७० हजार दिने निर्णय भए पनि अहिलेसम्म नदिएको, क्लबले ध्यानाकर्षण पत्र बुझाउँदा पनि बेवास्था गरेको, तथापि क्लबले तिब्र तयारी गरिरहेको अवस्थामा समयमा लिग नभए तत्काल तयारी खर्च पाउनुपर्ने, तोकिएको मितिमा लिग सुरु हुने सुनिश्चितता गर्नुपर्ने र तोकिएको मितिमा लिग सुरु नभए क्षतिपूर्ति दिनुपर्ने माग एन्फासमक्ष राखेका छन् ।

‘समयमा लिग नगरे क्षतिपुर्ति माग गर्छौ। कडा आन्दोलनका कार्यक्रम ल्याउछौ । ‘ए’ डिभिजनमा लिग नभए क्षतिपुर्ति दिने सम्झौता एन्फाले गरेको छ । ‘बी’ डिभिजनसँग पनि गर्नुपर्छ,’ सरस्वती युथ क्लबका अध्यक्ष शिक्षित पराजुलीले भने ।

चैत १५ बाट हुने भनिएको ‘बी’ डिभिजन लिगका सम्बन्धमा क्लबहरुले सम्झौताअनुसार माघ २९ गते तयारी खर्चवापतको पहिलो किस्ता नपाएपछि एन्फा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

 

 

 

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP