रोबर्टो फिर्मिनो

बार्सिलोनाको नजरमा फिर्मिनो

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिनोलाई भित्र्याउने इच्छा देखाएको छ ।

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका ३१ वर्षीय फरवार्ड फिर्मिनोले आगामी जुनमा क्लबसँगको सम्झौता सकिएसँगै एनफिल्ड छाड्ने घोषणा गरिसकेका छन् ।

बार्सिलाेनाले आगामी जुलाई ट्रान्फर विन्डोमा फिर्मिनोलाई अनुबन्ध गर्ने तयारी थालेको हो । 

क्याटालान टाइटल स्पोर्टसका अनुसार लिभरपुलका लागि प्रिमियर लिग र च्याम्पियन्स लिग, एफए कप, काराबाओ कप, सुपर कप र क्लब विश्वकप जितेका फिर्मिनो पनि क्याम्प नोउमा जान उत्सुक छन् ।

चोटका कारण यस सिजन मात्र १८ खेलमा मात्र मौका पाएका फिर्मिनोले आठ गोल गर्नुका साथै चार गोलका लागि अवसर सिर्जना गरेका छन्।