चैत्र १७, २०८२ मंगलबार | १७:५०:५५
अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा

सानदार जितका साथ नेपाल दोस्रो चरणमा

काठमाडौं । नर्दन मारियाना आइसल्यान्डमाथि ६-० को सानदार जित निकाल्दै नेपाल एसियन फुटबल महासंघ (एएफसी) यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

यस जितसँगै दुई खेलमा ६ अंक जोडेको नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गरेको हो । दुवै खेलमा पराजय ब्यहोरेको नर्दन मारियाना अंकविहिन बन्यो ।

नेपालले पहिलो खेलमा घरेलु टोली प्यालेस्टाइनलाई ६-० ले हराउँदा नर्दन मारियानाले प्यालेस्टाइनसँग ३-१को पराजय ब्यहोरेको थियो ।

प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार सम्पन्न खेलमा नेपाललाई जित दिलाउन दीपा शाही र सारा बज्राचार्यले समान दुई तथा सरस्वती हमाल र जेनिफर रानाले समान एक गोल गरे ।

खेलको चौथो मिनेटमा दीपाको गोलमार्फत नेपालले अग्रता लिएको थियो । छैटौं मिनेटमा सारले टोलीको अग्रता दोब्बर बनाइन् ।

१९ औं मिनेटमा दीपले ब्यक्गित दोस्रो गोल गर्दा नेपाल ३-० ले अघि बढ्यो । ३० औं मिनेटमा सरस्वतीले नेपालका लागि चौथो गोल गरिन् ।

४५ औं मिनेटमा साराले ब्यक्तिगत दोस्रो गोल गर्दा नेपालले पहिलो हाफमै ५-० को आरादायी अग्रता बनाएको थियो । दोस्रो हाफमा भने नेपालले एक गोल मात्र थप्न सक्यो ।

इन्जुरी समयमा जेनिफरले गोल गर्दै नेपाललाई ६-० को फराकिलो जित दिलाइन् ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले यु-२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यु-२० महिला एसियन कप  सन् २०२४ को मार्च तीन देखी १६ सम्म हुनेछ । प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो