चैत्र १४, २०८२ शनिबार | ११:१९:३४
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

हन्ड्रेड स्पोर्टसको ब्राण्ड एम्बास्डरमा एन्जिला

काठमाडौं । हन्ड्रेड स्पोर्टस  म्यानेजमेन्ट प्रालीले ब्राण्ड एम्बास्डरमा महिला राष्ट्रिय टोलीकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बालाई नियुक्त गरेको छ ।  

बुुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी हन्ड्रेड स्पोर्टसले एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बास्डर घोषणा गरेको हो ।

हन्ड्रेड स्पोर्टसका संस्थापक रबिन्द्र भाटी र फुटबलर एन्जिलाले औपचारिक एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हन्ड्रेड स्पोर्टसले चार वर्षका लागि एन्जिलालाई ब्राण्ड एम्बास्डर बनाएको हो । 

सम्झौता अनुसार हन्ड्रेड स्पोर्टसले एन्जिलालाई पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ रुपैयाँ उपलब्ध गराउनेछ । साथै हन्ड्रेड स्पोर्टसले एन्जिलाको सबै प्रकारको कमर्सियल अधिकार समेत लिएको छ । सम्झौता अनुसार हन्ड्रेड स्पोर्टसले एन्जिलाको संसारभरी मार्केटिङको काम गर्नेछ ।

हन्ड्रेड स्पोर्टसका निर्देशक विकास खेतानले खेलकुदमा ब्यवसायीक र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ राष्ट्रिय फुटबल खेलाडी एन्जिलासँग सहकार्य गरिएको बताए । 

कप्तान एन्जिलाले आफुले प्राप्त गरेको अवसरमा विस्तारै अन्य खेलाडी समेत जोडिने विश्वास ब्यक्त गरिन् । खेलकुदमा ब्यवसायीकता ल्याउने उद्धेश्य सहित खेलाडीसँग कमर्सियल अधिकारका लागि चार वर्षका लागि भएको यसलाई पहिलो सम्झौता मानिएको छ ।

कार्यक्रममा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रशिक्षक हरी खड्का, एन्फा वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का, एन्जिलाका अभिभावक प्रेमकुमार श्रेष्ठ, जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ सहितले खेलाडी एन्जिलालाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमलाई हन्ड्रेड स्पोर्ट्स टिमका उदय थापा, उदय अर्याल लगयातले समन्वय गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो