वैशाख २६, २०८२ शुक्रबार | १७:०५:११
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

‘ए’ डिभिजन लिगः चर्च ब्वाइज र एपिएफको सुखद सुरुआत, मनाङ बराबरीमा रोकियो

काठमाडौं । एउटा नवप्रवेशी क्लबलाई जितका साथ शीर्ष डिभिजन लिगको सुरुआत गर्नु भन्दा सुखद क्षण अरु के नै हुन सक्छ र ? । 
सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा चर्च ब्वाइज युनाइटले यस्तै सुरुआत गरेको छ । पहिलो पटक शीर्ष डिभिजनको अनुभव बटुली रहेको चर्च ब्वाइजले पुर्व लिग च्याम्पियन नेपाल पुलिस क्लबमाथि २-१ को जित निकालेको हो ।

च्यासल रंगशालामा खेलको १४ औं मिनेटमा रवी पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई १-१ को बराबरीमा ल्याए । ७० औं मिनेटमा फ्रान्कलिन क्विटे टाटाले पेनाल्टीमार्फत गोल गर्दै चर्च ब्वाइजलाई २-१ को जित दिलाए ।

लिगमा ‘डेब्यू’ खेलमा अनुभवी टोलीविरुद्ध एक गोललेपछि पछि परेको अवस्थामा पनि चर्च ब्वाइजले सम्हालिएर खेलको थियो । 
चर्च ब्वाइज आफ्नो मुख्य फवार्ड अञ्जन विष्ट विनानै मैदान उत्रिएको थियो । अञ्जन अहिले आई लिगका लागि भारतमा छन् ।


पहिलो खेलमा जित निकाल्दैमा क्लबले लिगमा कहाँ सम्मको यात्रा तय गर्छ भनेर यकिन गर्न सकिँदैन तर सुखद डेब्यूले आगमी खेलमा चर्च ब्बाइजको आत्मविश्वासलाई भने बढाउने छ ।

यो चर्च ब्वाइजको मात्र नभएर च्यासल मैदानको पनि पहिलो शीर्ष डिभिजन लिग खेल हो । नयाँ मैदानमा नयाँ टोलीको जित यो पनि त मिठो संयोग नै हो ।

अब चर्च ब्वाइजले फागुन २३ मा अर्को नवप्रवेशी क्लब एफसी खुमलटारसँग खेल्नेछ । यो खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुनेछ ।

पुलिसले फागुन २४ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा हिमालयन शेर्पा फुटबल क्लबको सामना गर्नेछ ।

 एपिएफको रवाफिलो प्रदर्शन


अघिल्ल्लो सिजन लिगको मध्यतीर आएर लय समात्दै रेलिगेसन टारेको एपिएफले यो सिजन भने पहिलो खेलमै रवाफिलो प्रर्दशन गरेको छ ।

एपिएफले त्रिपुरेश्वस्थित दशरथ रंशालामा थ्री स्टार क्लबमाथि २-० को सहज जित निकालेको हो ।

७२ औं मिनेटमा मणीकुमार लामाले फ्री किकमार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । मणीको प्रहारलाई थ्री स्टारका गोलकिपर अरुण ब्लोनले नियान्त्रणमा लिन नसक्दा बललेजाली चुमेको थियो ।

८७ औं अर्मान्ड बिडोमले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत हुँदा एपिएफले २-० को सहज जित निकाल्यो ।

अब एपिएफले फागुन २४ मा च्यासल रंगशालमा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लबको समाना गर्नेछ ।

यसैगरी थ्री स्टारको भेट फागुन २३ मा च्यासल रंगशालमा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा फेन्ड्स क्लबसँग हुनेछ ।

मनाङले अंक बाँड्यो 


खेलको अन्त्यतीर सम्हालिन नसक्दा सर्वाधिक आठ पटकको लिग च्याम्पियन मर्स्याङदी क्लबले हिमालयन शेर्पासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।  

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा खेलको १५ औं मिनेटमा रोशन राना मगरको गोलबाट मनाङले अग्रता लिएको थियो । उनको हिमालयनका रक्षक प्रहार सन्जित राईलाई लाग्दै गोलमा परिणत भएको हो ।

८५ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुरेश कुमालले डिबक्स बाहिरबाट सुन्दर क्रसलाई जाली चुमाउँदै हिमालयनलाई १-१ को बराबरीमा ल्याएका थिए ।

अब मनाङको भेट  फागुन २४ मा दशरथ रंगशालमा साँझ साढे पाँच बजे सुरु हुने खलमा संकटा क्लबसँग हुनेछ ।

हिमालयन शेर्पाले २४ मा दशरथ रंगशालामा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।


 

 

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP