नेपाली फुटबल

थ्री स्टारले पैसा नदिएको भन्दै डोनाको आक्रोस

काठमाडौं । यसै सिजन फ्रेन्ड्स फुटबल क्लबमा आबद्ध भएका मिडफिल्डर डोना थापाले पूर्व क्लब थ्रीस्टारले पैसा नदिएको भन्दै आक्रोस पोखेका छन् ।

डोनाले गत सिजन थ्री स्टारबाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।

सामाजिक संजाल फेसबुकमार्फत डोनाले थ्री स्टारबाट पैसा नपाए आउने दिनमा क्लबको भित्री रहस्य खोल्ने चेतावनी समेत दिएका छन् ।

‘थ्री स्टारले पैसा दिएन भने आउने अन्तवार्ताहरुमा एक/ एकको नाम लिएर भित्री कुराहरु बाहिर ल्याउँछु । क्लबमा हुने गरेको खेलाडीमागिको हिंसा, यातना कस्तो हुन्छ, सबै पर्दाफास गर्दिन्छु । सबै फुटबल समर्थकहरुलाई नेपाली फुटबल र नेपाली फुटबल क्लबहरुको घिनलाग्दो हर्कत थाहा होस् । हामी घरपरिवार छाडेर घामपानी नभनी दैनिक तीन घन्टा अभ्यास गर्छौँ । मैदानमा गाह्रो भए पनि क्लबका लागि भनेर खेल्छौं । पैसा दिनेबेला भने छैन भन्दिन्छन्,’ डोनाले भने, ‘पापीहरु बरु फुटबल बन्द गर, खारेज सबै क्लबहरु तर आप्mनो मिहिनेतको पैसा चाहिँ दिने गर । फुटबल भनेको हामी गरिबका छोराछोरीले खेल्ने खेल हो । तिमीहरुलाई पो खान लाउन चिन्ता छैन । पूख्र्याैली सम्पत्ती छ, हाम्रो त दुःख छ कष्ट छ । अलिअलि कमाइने पैसाले हाम्रो घरव्यवहार चल्छ, आमाबुवा, श्रीमती, बच्चाहरु पाल्नु पर्छ ।’

फ्रेन्ड्सबाट डोनाले शुक्रबार मात्र सिजनको पहिलो खेल खेलेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स नवप्रवेशी खुमलटारसँग १-० ले पराजित भएको थियो । खेलको दोस्रो हाफमा घुँडाको चोट बोक्दै डोना मैदानबाट बाहिरिएका थिए । उनले आगामी दुई तीन खेल गुमाउने अनुमान गरिएको छ ।