फाल्गुन ८, २०८२ शुक्रबार | ००:५२:२६
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

एन्फा कार्यसमिती बैठक अझै सुरु हुन सकेन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको कार्यसमिती बैठक अझै सुरु हुन सकेको छैन ।

बिहान आठ बजेका लागि बोलाइएको कर्यासमिति बैठमा विभिन्न १९ एजेन्डामा छलफल हुने बताइएको थियो । तर असन्तुष्ट पक्षले आफूहरुले एजेन्डा थप गर्न माग गरिए पनि त्यो थप नभएको भन्दै विरोध जनाएपछि बैठक सुरु हुन नसकेको बताइएको छ ।

यसअघि तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यको मागविपरित एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्तगीसहितका विभिन्न पाँच एजेन्डा नथप्ने निर्णय गरेका थिए ।

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढ थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले शुक्रबार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेन्डा थपको माग गरेका थिए ।

२१ सदस्यीय कार्यसमितिका तीन उपाध्यक्ष र ९ सदस्यसहित १२ जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तगी माग गरेका थिए । यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नवीन पाँडेलाई विदेश विभाग प्रमूखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए । तर पछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले पाँडेलाई आफ्नो व्यक्तिगत सल्लाहकारमा नियुक्त गर्दै त्यो संकट टारेका थिए ।

यसका साथै गत नोभेम्बर÷डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढि टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरुको एजेन्डा थपको पत्रमा उल्लेख गरेका थिए ।

यसैगरि एसियाली फुटबल महासंघ (एएफसी)का विभिन्न समितिका लागि नाम सिफारिस गर्ने सम्बन्धमा, उमेर समूह र सिनियर राष्ट्रिय (महिला तथा पुरुष) विजेता टिमका खेलाडीहरुलाई घोषित पुरस्कार वितरण गर्ने सम्बन्धमा तथा गएको असोज १२ गते विशेष साधारणसभाबाट नियुक्त भएका न्यायीका निकायको सदाचार परिक्षण सम्बन्धमा पनि कार्यसमिति बैठकमा छलफल हुनुपर्ने माग राखिएको थियो ।

यी हुन् एन्फा कार्यसमिती बैठकमा छलफल हुने १९ एजेन्डा

१  अन्तर्राष्ट्रिय थ्रिनेसन कप आयोजना बारे,
२  महिला ओलम्पिक छनोट प्रतियोगिता बारे,
३  ‘ए’ डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी  चार वर्षको योजना बारे,
४  ‘बी’ र ‘सी’ डिभिजन लिग सञ्चालन बारे,
५  जिल्ला लिग सञ्चालन बारे,
६  यस वर्षको महिला लिग आयोजना बारे ,
७  विद्यालय स्तरिय महिला र पुरुष दुई÷ दुई वटा उमेर समुहको प्रतियोगिता आयोजना बारे,
८  पदपूर्ति समितीले सिफारिस गरिएको कर्मचारी नियुक्ती बारे,
९  महिला र फुटसलको  फ्रेन्चाईज प्रतियोगिता बारे,
१०  महिला एकेडेमी बारे,
११  प्रदेश संघको अधिवेशन बारे,
१२  फुटसल लिग आयोजना बारे,
१३  फ्रेन्चाईज लिगको लागि नेपाल स्पोर्टस इभेन्ट्स म्यानेजमेन्ट( एनइएसएम) लाई प्रतियोगिताको समय उपलब्ध गराउने बारे,
१४  राष्ट्रिय टोली र संघलाई आवश्यक खेलकुद सामग्रीहरु स्पोन्सरशिप र खरिद बारे,
१५  विभिन्न देशमा संघको समन्वय समिति गठन गर्ने बारे,
१६  स्थायी समिती तथा अन्य आवश्यक समिति गठन बारे,
१७  आपतकालिन समिती गठन बारे, 
१८  सिईओ, सहायक महासचिवहरु लगयत कर्मचारी पदाधिकारी नियुक्ती बारे,
१९  विविध ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||