आइ लिग

अञ्जनले गोल गरेको खेलमा मुम्बई केन्क्रे पराजित

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टले डेब्यू गोल गरेको खेलमा मुम्बई केन्क्रे एफसीले चर्चिल ब्रदर्ससँग ३-२ को हार ब्यहोरेको छ ।

जितसँगै १९ खेलमा २९ अंकका साथ चर्चिल तेस्रो स्थानमा उक्लिँदा पराजयसँगै समान खेलबाट १५ अंकका सथ ११ औं स्थानमा रहेको मुम्बई रेलिगेसन जोनमा छ ।

आइ लिगअन्तर्गत चर्चिलको घरेलु मैदान तिलक खेल मैदानमा बुधबार सम्पन्न खेलको चौथो मिनेटमै अञ्जनले गोल गर्दै मुम्बईलाई अग्रता दिलाएका थिए । 

अञ्जनको त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन सातौं मिनेटमा मोमो सिस्सेले पेनाल्टीमार्फत गोल गर्दै चर्चिललाई १-१ को स्थितिमा ल्याए ।

५९ औं मिनेटमा फ्रान्सिस वान्कोलेले गोल गर्दै मुम्बईलाई २-१ ले अगाडी बढाए । ६१ औं मिनेटमा चर्चिलका मार्टिन चाभ्सले खेललाई २-२ को स्थितिमा ल्याए ।

७४ औं मिनेटमा इमानुएल यागरले गर्दै चर्चिललाई ३-२ को रोमाञ्चक जित दिलाए ।