लन्डन, (खेलाडी)- वेस्ट हमले ओल्ड ट्राफोर्डको १८औं भ्रमणमा पहिलो जित हात पारेको छ ।
म्यानुअल लान्जिनीको निर्णायक गोलमा वेस्ट हमले बुधबार घरेलु म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पार्दै इङलिस लिग कपको अन्तिम १६ को टिकट काटेको छ ।
इङलिस प्रिमियर लिगमा यसै साता वेस्ट हमलाई २-१ ले हराएको युनाइटेड जित लय कायम राख्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो ।
९औं मिनेटमा लान्जिनीले गरेको गोल वेस्ट हमलाई अन्तिम १६ मा स्थान बनाउन पर्याप्त बन्यो । लान्जिनीका लागि यो सिजनको पहिलो गोल हो ।
युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले दोस्रो हाफमा मासोन ग्रिनउड र ब्रुनो फर्नान्डेजलाई मैदान प्रवेश गराएपनि त्यो रणनिती सफल भएन ।
युनाइटेड गत साता च्याम्पियन्स लिगमा योङ ब्वाइजसँग निराश भएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
