चैत्र ९, २०८२ सोमबार | ०२:५६:००
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

भरानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौं । कतार विश्वकप २०२२ को उपाविजेता फ्रान्सका रक्षक राफेल भरानले अन्तर्राष्ट्रिय फुटबलबाट संंन्यासको घोषणा गरेका छन् ।

घरेलु र अन्तर्राष्ट्रिय फुटबलको व्यस्त तालिकाले असर पारेको र परिवारसँग बढीभन्दा बढी समय बिताउने भन्दै २९ वर्षीय भरानले बिहिबार अन्तर्राष्ट्रिय फुटबलबाट संंन्यास लिने निर्णय गरेका हुन् । 

‘एक दशकसम्म देशको प्रतिनिधित्व गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो,’भरानले भने,‘हरेकपल्ट मैले यो  विशेष निलो जर्सी लगाउँदा धेरै गर्व महसुस गरेको छु । मैले धेरै समयदेखि यसबारे सोचिरहेको थिए । यो मेरो लागि अन्तर्राष्ट्रिय रूपमा संन्यास लिने सही समय भन्ने सोचेर नै यो निर्णय गरेको हुँ ।’

सन् २०२१ मा स्पेनिस क्लब रियाल मड्रिडबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका भरान विश्वकपपछि संन्यास लिने फ्रान्सका दोस्रो खेलाडी हुन् ।

यसअघि टोटेनहमका गोलरक्षक तथा कप्तान ह्युगो लोरिसले विश्वकप सकिएको तीन सातापछि संन्यास लिएका थिए ।

सन् २०१८ को विश्वकप विजेता भरानले फ्रान्सका लागि सन् २०१३ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । भारानले देशका लागि ९३ खेलमा पाँच गोल गरेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो