चैत्र १७, २०८२ मंगलबार | १५:४४:०६
कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव

रेफ्रीको गलत निर्णयका कारण बाहिरिनु परेको कोभासिचको आरोप

दोहा । क्रोएसियाका मिडफिल्डर माटियो कोभसिच र कप्तान लुका मोड्रिचले इटालीका रेफ्री डानियल ओर्साटोको गलत निर्णयका कारण आफ्नो टोली कतार विश्वकप २०२२ बाट बाहिरिएको आरोप लगाएका छन् ।

क्रोएसिया मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो । 

गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई फउल गरेपछि पाएको पेनाल्टीमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । 

यो पेनाल्टी निकै विवादमा पनि परेको थियो । सो पेनाल्टीअघि इभान पेरिसिचको प्रहार अर्जेन्टिनाका गोलकिपर इमिलियानो मर्टिनेजलाई छुँदै बाहिरिए पनि ओर्साटोले क्रोएसियालाई कर्नर दिएका थिएनन् ।

‘त्यो कर्नर थिएन भन्नेमा मलाई अझै विश्वास लागेको छैन’ चेल्सीका मिडफिल्डर कोभासिचले भने‘ मलाई यो पनि थाहा छैन, पेनाल्टी किन दिइयो ? रेफ्रीको यी दुई  ठूला गल्तीको सजाय हामीले पायौ ।’

‘मेरो विचारमा त्यो पेनाल्टी नै थिएन,’ मोड्रिचले भने‘ सो घटनाको एक सेकेण्डअघि मात्र  हामीले कर्नर पाएका थियौ तर रेफ्रीले दिएनन् । यो पेनाल्टीले हामीलाई दबाबमा ल्यायो र खेलको स्थित नै परिवर्तन भयो । यो निर्णय अघिसम्म खेल पूर्णरुपमा हाम्रो नियन्त्रणमा थियो ।’ 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो