माघ ३, २०८२ शनिबार | ०५:५६:२४
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

आजबाट नकआउट चरणः पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने

काठमाडौं । कतार विश्वकपमा आजबाट अन्तिम १६ का खेल सुरु हुँदा पहिलो खेलमा नेपाली समय अनुसार राति ८ः४५ बजे नेदरल्यान्ड्स र अमेरिकाले एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनल प्रवेशका लागि आजै राति १२ः४५ बजे अर्जेन्टिना र अस्ट्रेलियाले एक-अर्कासँग खेल्नेछन् ।

चार वर्षअघि रुसमा विश्वकपको २१औं संस्करण आयोजना हुँदा नेदरल्यान्ड्स र अमेरिका दुवै अनुपस्थित थिए । यसपाली समूह चरणको चुनौती पार गरिसकेपछि दुवै टोलीको योजना सकेसम्म कतार बसाई लम्ब्याउनु हुनेछ ।

कागजमा हेर्दा दुई टोलीबीच विश्व वरियताको आठौं स्थानमा रहेको नेदरल्यान्ड्स क्वार्टरफाइनलको प्रष्ट दाबेदार हो । तर अमेरिका पनि कम छैन । विश्वकपमा अनपेक्षित नतिजा निस्किने क्रमलाई निरन्तरता दिन अमेरिका तम्तयार छ ।

कतार विश्वकपकै सबैभन्दा कान्छा कप्तान टेलर एडम्सको नेतृत्वमा रहेको अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको थियो । पहिलो दुई खेलमा वेल्स र इङ्ल्यान्डसँग बराबरी खेलेको अमेरिकाले अन्तिम खेलमा इरानलाई हराएको थियो । गोलका धेरै अवसर पाए पनि अमेरिकाले समूह चरणमा जम्मा दुई गोल गर्न सफल भयो ।

क्वार्टरफाइनल पुग्ने हो भने अमेरिकाले नेदरल्यान्ड्सविरुद्ध पाएका मौकामा गोल गर्नु पर्नेछ । किनभने नेदरल्यान्ड्सले तीन खेलमा पाँच गोल गरेको छ । समूह चरणमा नेडरल्यान्ड्सले दुई जित निकाल्नाको साथै एक खेलमा बराबरी नतिजा निकालेको थियो ।

नेदरल्यान्ड्ससँग केही विशेष खेलाडीहरु छन् । खुल्ला ठाउँमा बल पाउने हो भने ती खेलाडीहरुले गोल गर्न सक्छन् । कोडी गाक्पो, मेम्फिस डिपे र फ्रान्की डी योङ जस्ता खेलाडीहरुको आक्रमणबाट बच्ने हो भने अमेरिका रक्षात्मक रुपमा बलियो हुन आवश्यक छ ।

त्यस्तै अमेरिकाले आक्रमणकमा अगाडि बढेर गोल गर्ने अवसरहरु सिर्जना गर्नुपर्र्नेछ । त्यस्तै बेन्चमा रहेका खेलाडीहरुलाई राम्ररी उपयोग गर्ने हो भने अमेरिकाले नेदरल्यान्ड्सविरुद्ध जित हासिल गर्न सक्छ ।

उता नेदरल्यान्ड्सले भने अमेरिकामाथि जित निकाल्नका लागि प्रतियोगितामा रहँदै आएको गोल स्कोरिङ फर्मलाई निरन्तरता दिन सक्नु पर्नेछ । तर इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई गोलरहित बराबरीमा रोकेको अमेरिकासँग सचेत हुन भने आवश्यक छ ।

जारी विश्वकपमा उच्च गोलकर्ताको दौडमा अगाडि बढिरहेका २३ वर्षे कोडी गाक्पोको लय अमेरिकाविरुद्ध महत्वपूर्ण हुनेछ । रक्षापंक्तिमा कप्तान भर्जिल भान डाइक र नाथान एकेको जोडीले टोलीको विजय आधार कायम राखिरहन सक्नेछन् । तर जित सुनिश्चित गर्न कतार र सेनेगलविरुद्धको जस्तै प्रदर्शन दोहोर्याउन आवश्यक छ । क्रिस्टियन पुलिसिच, टिमोथी वी र जोसुवा सार्गेन्टलाई रोक्न सके नेदरल्यान्ड्सलाई सहज हुनेछ ।

समग्रमा नेडरल्यान्ड्स र अमेरिका विश्वकपमा पहिलो पटक भेट्न लागेका हुन् । विश्वकप बाहेक यी दुई टोली पाँच पटक आमनेसामने भएका छन् । जसमा डच टोलीले चार खेल जितेको छ । पछिल्लो भेट भने अमेरिकाको पक्षमा गएको थियो । २०१५ मा अमेरिकाले नेदरल्यान्ड्सलाई उसकै मैदानमा ४-३ को रोमाञ्चक नतिजामा हराएको थियो । तर त्यसयता दुवै टोलीमा आमूल परिवर्तन भएका छन् ।

कतार विश्वकपमा नेदरल्यान्ड्स आफ्ना स्टार खेलाडी कोडी गाक्पोको फर्ममा ‘क्लिनिकल’ देखिएको छ  । प्रतियोगितामा तीन गोल गरिसकेका स्ट्राइकर गाक्पोले घरेलु क्लब पिएसभी आइन्डहोभनका लागि २४ खेलमा १३ गोल गरिसकेका छन् । अमेरिकाविरुद्ध सबैको नजर गाक्पोमाथि नै हुनेछ ।

त्यस्तै ग्रेग बेर्हाल्टरको द्रुत, उर्जावान, अथक अमेरिकाले यो पाली अफ्ना विपक्षीलाई चकित पारेको छ । डच प्रशिक्षक लुइस भान हालले खेल अगाडि भनेका छन्, ‘अमेरिका कडा टोली हो । उनीहरु गतिशील र बलिया छन् । उनीहरुसँग जित्ने इच्छा र विश्वास छ जसले हामीलाई गार्हो बनाउन सक्नेछ ।’

आजको खेल मुख्यतया ‘मिडफिल्ड ब्याटल’मा परिणत हुने अनुमान गरिएको छ । मिडफिल्डका शीर्ष दुई खेलाडीहरु हेड टु हेड हुनेछन् । लयमा हुँदा नेदरल्यान्ड्सका फ्रान्की डी योङ प्रमाणित म्याच विजेता हुन् । कतारविरुद्ध उनको प्रदर्शन तारिफयोग्य थियो । त्यस्तै अमेरिकी मिडफिल्डर कप्तान टेलर एडम्स उत्कृष्ट लयमा छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate