चैत्र ११, २०८२ बुधबार | १६:४०:४४
दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा

आजबाट नकआउट चरणः पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने

काठमाडौं । कतार विश्वकपमा आजबाट अन्तिम १६ का खेल सुरु हुँदा पहिलो खेलमा नेपाली समय अनुसार राति ८ः४५ बजे नेदरल्यान्ड्स र अमेरिकाले एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनल प्रवेशका लागि आजै राति १२ः४५ बजे अर्जेन्टिना र अस्ट्रेलियाले एक-अर्कासँग खेल्नेछन् ।

चार वर्षअघि रुसमा विश्वकपको २१औं संस्करण आयोजना हुँदा नेदरल्यान्ड्स र अमेरिका दुवै अनुपस्थित थिए । यसपाली समूह चरणको चुनौती पार गरिसकेपछि दुवै टोलीको योजना सकेसम्म कतार बसाई लम्ब्याउनु हुनेछ ।

कागजमा हेर्दा दुई टोलीबीच विश्व वरियताको आठौं स्थानमा रहेको नेदरल्यान्ड्स क्वार्टरफाइनलको प्रष्ट दाबेदार हो । तर अमेरिका पनि कम छैन । विश्वकपमा अनपेक्षित नतिजा निस्किने क्रमलाई निरन्तरता दिन अमेरिका तम्तयार छ ।

कतार विश्वकपकै सबैभन्दा कान्छा कप्तान टेलर एडम्सको नेतृत्वमा रहेको अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको थियो । पहिलो दुई खेलमा वेल्स र इङ्ल्यान्डसँग बराबरी खेलेको अमेरिकाले अन्तिम खेलमा इरानलाई हराएको थियो । गोलका धेरै अवसर पाए पनि अमेरिकाले समूह चरणमा जम्मा दुई गोल गर्न सफल भयो ।

क्वार्टरफाइनल पुग्ने हो भने अमेरिकाले नेदरल्यान्ड्सविरुद्ध पाएका मौकामा गोल गर्नु पर्नेछ । किनभने नेदरल्यान्ड्सले तीन खेलमा पाँच गोल गरेको छ । समूह चरणमा नेडरल्यान्ड्सले दुई जित निकाल्नाको साथै एक खेलमा बराबरी नतिजा निकालेको थियो ।

नेदरल्यान्ड्ससँग केही विशेष खेलाडीहरु छन् । खुल्ला ठाउँमा बल पाउने हो भने ती खेलाडीहरुले गोल गर्न सक्छन् । कोडी गाक्पो, मेम्फिस डिपे र फ्रान्की डी योङ जस्ता खेलाडीहरुको आक्रमणबाट बच्ने हो भने अमेरिका रक्षात्मक रुपमा बलियो हुन आवश्यक छ ।

त्यस्तै अमेरिकाले आक्रमणकमा अगाडि बढेर गोल गर्ने अवसरहरु सिर्जना गर्नुपर्र्नेछ । त्यस्तै बेन्चमा रहेका खेलाडीहरुलाई राम्ररी उपयोग गर्ने हो भने अमेरिकाले नेदरल्यान्ड्सविरुद्ध जित हासिल गर्न सक्छ ।

उता नेदरल्यान्ड्सले भने अमेरिकामाथि जित निकाल्नका लागि प्रतियोगितामा रहँदै आएको गोल स्कोरिङ फर्मलाई निरन्तरता दिन सक्नु पर्नेछ । तर इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई गोलरहित बराबरीमा रोकेको अमेरिकासँग सचेत हुन भने आवश्यक छ ।

जारी विश्वकपमा उच्च गोलकर्ताको दौडमा अगाडि बढिरहेका २३ वर्षे कोडी गाक्पोको लय अमेरिकाविरुद्ध महत्वपूर्ण हुनेछ । रक्षापंक्तिमा कप्तान भर्जिल भान डाइक र नाथान एकेको जोडीले टोलीको विजय आधार कायम राखिरहन सक्नेछन् । तर जित सुनिश्चित गर्न कतार र सेनेगलविरुद्धको जस्तै प्रदर्शन दोहोर्याउन आवश्यक छ । क्रिस्टियन पुलिसिच, टिमोथी वी र जोसुवा सार्गेन्टलाई रोक्न सके नेदरल्यान्ड्सलाई सहज हुनेछ ।

समग्रमा नेडरल्यान्ड्स र अमेरिका विश्वकपमा पहिलो पटक भेट्न लागेका हुन् । विश्वकप बाहेक यी दुई टोली पाँच पटक आमनेसामने भएका छन् । जसमा डच टोलीले चार खेल जितेको छ । पछिल्लो भेट भने अमेरिकाको पक्षमा गएको थियो । २०१५ मा अमेरिकाले नेदरल्यान्ड्सलाई उसकै मैदानमा ४-३ को रोमाञ्चक नतिजामा हराएको थियो । तर त्यसयता दुवै टोलीमा आमूल परिवर्तन भएका छन् ।

कतार विश्वकपमा नेदरल्यान्ड्स आफ्ना स्टार खेलाडी कोडी गाक्पोको फर्ममा ‘क्लिनिकल’ देखिएको छ  । प्रतियोगितामा तीन गोल गरिसकेका स्ट्राइकर गाक्पोले घरेलु क्लब पिएसभी आइन्डहोभनका लागि २४ खेलमा १३ गोल गरिसकेका छन् । अमेरिकाविरुद्ध सबैको नजर गाक्पोमाथि नै हुनेछ ।

त्यस्तै ग्रेग बेर्हाल्टरको द्रुत, उर्जावान, अथक अमेरिकाले यो पाली अफ्ना विपक्षीलाई चकित पारेको छ । डच प्रशिक्षक लुइस भान हालले खेल अगाडि भनेका छन्, ‘अमेरिका कडा टोली हो । उनीहरु गतिशील र बलिया छन् । उनीहरुसँग जित्ने इच्छा र विश्वास छ जसले हामीलाई गार्हो बनाउन सक्नेछ ।’

आजको खेल मुख्यतया ‘मिडफिल्ड ब्याटल’मा परिणत हुने अनुमान गरिएको छ । मिडफिल्डका शीर्ष दुई खेलाडीहरु हेड टु हेड हुनेछन् । लयमा हुँदा नेदरल्यान्ड्सका फ्रान्की डी योङ प्रमाणित म्याच विजेता हुन् । कतारविरुद्ध उनको प्रदर्शन तारिफयोग्य थियो । त्यस्तै अमेरिकी मिडफिल्डर कप्तान टेलर एडम्स उत्कृष्ट लयमा छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो