चैत्र ८, २०८२ आइतबार | १०:५२:०८
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

खेलाडीको प्रदर्शनमा इरानी प्रशिक्षकलाई गर्व

काठमाडौं । इरानका मुख्य प्रशिक्षक कार्लोस क्विरेजले अमेरिकासँग १-० को नतिजामा पराजित भएर विश्वकपबाट बाहिरिनाका बावजुद आफ्ना खेलाडीले कतारमा गरेको मेहनतप्रति आफू गौरवान्वित भएको बताएका छन् ।

समूह ‘बी’को पहिलो खेलमा इङ्ल्यान्डसँग फराकिलो अन्तरमा पराजित हुँदाको खेलमा राष्ट्रिय गान नगाएका कारण इरानी खेलाडीमाथि धम्की आएको खबर क्विरेजले गलत भएको बताए ।

क्रिस्टियन प्युलिसिचले पहलिो हाफमा गरेको गोल मंगलबार अल थुमामा रंगशालामा जित हासिल गर्दै अन्तिम १६ पुग्न अमेरिकाका लागि पर्याप्त भएको थियो ।

देशभित्र चलिरहेको सरकार विरोधी प्रदर्शनप्रति ऐक्यबद्धता जनाउने क्रममा इङ्ल्यान्डविरुद्धको खेलमा इरानी खेलाडीहरुले राष्ट्रिय गान गाएका थिएनन् ।

मानव अधिकारवादी समूहहरुका अनुसार अनिवार्य लगाउनुपर्ने नियम रहेको हिजाब लगाउन अस्विकार गरेकी एक २२ वर्षे महिलाको पुलिस हिरासतमै मृत्यु भएको विरुद्ध भएको प्रदर्शनमा इरानमा चार सयभन्दा बढिको ज्यान गइसकेको छ ।

खेलाडीका परिवारलाई फेरि पनि विरोध जारी रहे नराम्रो हुने भन्दै धम्की आएका खबरहरु सार्वजनिक भएका थिए । तर क्विरेजले ति सब हल्लामात्र भएको बताए ।

‘अचेल पूरा विश्व नै बेवकुफगिरीमा परिणत भएको छ,’ क्विरेजले भने, ‘कुनै अमुक स्रोतबाट केही सुन्यो भने तपाईहरु त्यसलाई दुई घण्टाको बीचमा सुचना जसरी पूरा विश्वभर फैलाउनुहुन्छ । अनि त्यो बेवकुफी सत्यमा परिणत हुन्छ ।’

‘त्यो पूर्ण रुपमा गलत सुचना हो । वास्तवमा यस्ता वाहियात हल्ला सत्यजसरी प्रचार हुनु भनेको लाज लाग्नुपर्ने विषय हो,’ उनले थपे, ‘तर ति सब वाहियात हल्लाका बावजुद केटाहरुले आफ्नो काम प्रभावित हुन दिएनन् । हामीले एउटा टिमका रुपमा ति सब हल्लाहरुलाई जित्दै राष्ट्रिय जर्सीको इज्जत रहने गरि खेल्यौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो