माघ १७, २०८२ शनिबार | २१:०१:५५
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

खेलाडीको प्रदर्शनमा इरानी प्रशिक्षकलाई गर्व

काठमाडौं । इरानका मुख्य प्रशिक्षक कार्लोस क्विरेजले अमेरिकासँग १-० को नतिजामा पराजित भएर विश्वकपबाट बाहिरिनाका बावजुद आफ्ना खेलाडीले कतारमा गरेको मेहनतप्रति आफू गौरवान्वित भएको बताएका छन् ।

समूह ‘बी’को पहिलो खेलमा इङ्ल्यान्डसँग फराकिलो अन्तरमा पराजित हुँदाको खेलमा राष्ट्रिय गान नगाएका कारण इरानी खेलाडीमाथि धम्की आएको खबर क्विरेजले गलत भएको बताए ।

क्रिस्टियन प्युलिसिचले पहलिो हाफमा गरेको गोल मंगलबार अल थुमामा रंगशालामा जित हासिल गर्दै अन्तिम १६ पुग्न अमेरिकाका लागि पर्याप्त भएको थियो ।

देशभित्र चलिरहेको सरकार विरोधी प्रदर्शनप्रति ऐक्यबद्धता जनाउने क्रममा इङ्ल्यान्डविरुद्धको खेलमा इरानी खेलाडीहरुले राष्ट्रिय गान गाएका थिएनन् ।

मानव अधिकारवादी समूहहरुका अनुसार अनिवार्य लगाउनुपर्ने नियम रहेको हिजाब लगाउन अस्विकार गरेकी एक २२ वर्षे महिलाको पुलिस हिरासतमै मृत्यु भएको विरुद्ध भएको प्रदर्शनमा इरानमा चार सयभन्दा बढिको ज्यान गइसकेको छ ।

खेलाडीका परिवारलाई फेरि पनि विरोध जारी रहे नराम्रो हुने भन्दै धम्की आएका खबरहरु सार्वजनिक भएका थिए । तर क्विरेजले ति सब हल्लामात्र भएको बताए ।

‘अचेल पूरा विश्व नै बेवकुफगिरीमा परिणत भएको छ,’ क्विरेजले भने, ‘कुनै अमुक स्रोतबाट केही सुन्यो भने तपाईहरु त्यसलाई दुई घण्टाको बीचमा सुचना जसरी पूरा विश्वभर फैलाउनुहुन्छ । अनि त्यो बेवकुफी सत्यमा परिणत हुन्छ ।’

‘त्यो पूर्ण रुपमा गलत सुचना हो । वास्तवमा यस्ता वाहियात हल्ला सत्यजसरी प्रचार हुनु भनेको लाज लाग्नुपर्ने विषय हो,’ उनले थपे, ‘तर ति सब वाहियात हल्लाका बावजुद केटाहरुले आफ्नो काम प्रभावित हुन दिएनन् । हामीले एउटा टिमका रुपमा ति सब हल्लाहरुलाई जित्दै राष्ट्रिय जर्सीको इज्जत रहने गरि खेल्यौं ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।