माघ १७, २०८२ शनिबार | १६:१७:५६
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

पाँचौं विश्वकप स्वर्णिम बनाउने योजनामा रोनाल्डो

काठमाडौं । पाँचौं पटक विश्वकप खेल्ने तयारीमा रहेका क्रिस्टियानो रोनाल्डोले कतारमा आइतबार सूरु भएको प्रतियोगिताको २२औं संस्करण आफ्ना लागि स्वप्निल हुने बताएका छन् ।

इतिहासमै पहिलो पटक मध्य सिजनमा हुन लागेको हिउँदे विश्वकपमा गोल स्कोरिङ फर्म हासिल गर्दै पोर्चुगललाई अर्को उपाधि जिताउने लक्ष्य राखेको ३७ वर्षे रोनाल्डोले बताएका छन् ।

विश्वकपको तयारी राम्रो भएको र आफू पनि राम्रो शारिरीक अवस्थामा रहेको उनले बताएका छन् । ‘वर्षको अन्त्यमा हुन लागेको विश्वकप यसै पनि विशेष छ । यो सबै खेलाडीहरुका लागि नयाँ चुनौती हुनेछ,’ उनले भने, ‘मेरा लागि यो पाँचौं विश्वकप हो । त्यसकारण मेरा लागि त यो झनै विशेष छ । यो मेरा लागि अन्तिम विश्वकप भएकाले पोर्चुगललाई उपाधि जिताएर म सपना पूरा गर्न चाहन्छु ।’

पाँच पटकका बालन डी’अर विजेता रोनाल्डोको कप्तानीमा पोर्चुगलले २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । विश्व फुटबलमा सर्वोत्कृष्ट दुई खेलाडीका रुपमा मानिएका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेसीले क्लब स्तरमा तथा व्यक्तिगत स्तरमा सम्भव सबथोक जितिसकेका छन् । तर, दुवैले राष्ट्रिय टोलीलाई महादेशीय कपसम्मको उपाधि जिताए पनि विश्वकप भने जिताउन सकेका छैनन् ।

‘मेरा लागि यही अन्तिम मौका हो । हाम्रो टिम राम्रो छ । टोलीको उपाधि जित्ने अभियानमा म सहयोगी बन्न चाहन्छु,’ रोनाल्डोले भनेका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।