चैत्र ८, २०८२ आइतबार | १२:२०:५२
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पाँचौं विश्वकप स्वर्णिम बनाउने योजनामा रोनाल्डो

काठमाडौं । पाँचौं पटक विश्वकप खेल्ने तयारीमा रहेका क्रिस्टियानो रोनाल्डोले कतारमा आइतबार सूरु भएको प्रतियोगिताको २२औं संस्करण आफ्ना लागि स्वप्निल हुने बताएका छन् ।

इतिहासमै पहिलो पटक मध्य सिजनमा हुन लागेको हिउँदे विश्वकपमा गोल स्कोरिङ फर्म हासिल गर्दै पोर्चुगललाई अर्को उपाधि जिताउने लक्ष्य राखेको ३७ वर्षे रोनाल्डोले बताएका छन् ।

विश्वकपको तयारी राम्रो भएको र आफू पनि राम्रो शारिरीक अवस्थामा रहेको उनले बताएका छन् । ‘वर्षको अन्त्यमा हुन लागेको विश्वकप यसै पनि विशेष छ । यो सबै खेलाडीहरुका लागि नयाँ चुनौती हुनेछ,’ उनले भने, ‘मेरा लागि यो पाँचौं विश्वकप हो । त्यसकारण मेरा लागि त यो झनै विशेष छ । यो मेरा लागि अन्तिम विश्वकप भएकाले पोर्चुगललाई उपाधि जिताएर म सपना पूरा गर्न चाहन्छु ।’

पाँच पटकका बालन डी’अर विजेता रोनाल्डोको कप्तानीमा पोर्चुगलले २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । विश्व फुटबलमा सर्वोत्कृष्ट दुई खेलाडीका रुपमा मानिएका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेसीले क्लब स्तरमा तथा व्यक्तिगत स्तरमा सम्भव सबथोक जितिसकेका छन् । तर, दुवैले राष्ट्रिय टोलीलाई महादेशीय कपसम्मको उपाधि जिताए पनि विश्वकप भने जिताउन सकेका छैनन् ।

‘मेरा लागि यही अन्तिम मौका हो । हाम्रो टिम राम्रो छ । टोलीको उपाधि जित्ने अभियानमा म सहयोगी बन्न चाहन्छु,’ रोनाल्डोले भनेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो