चैत्र ७, २०८२ शनिबार | १४:१२:४९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

घरमा अर्जेन्टिनालाई पहिलो विश्वकपको उपाधि

 

१९७८, अर्जेन्टिना (११औं विश्वकप)

जुन एक देखि २५ सम्म
सहभागी टोली- १६
खेलसंख्या- ३८
गोलसंख्या १०२ (प्रतिखेल २.७ गोलऔसत)
दर्शक- १५ लाख ५० हजार चार सय २४ (प्रतिखेल ४० हजार आठ सय)
विजेता- अर्जेन्टिना
उपविजेता- नेदरल्यान्ड्स
तेस्रो- ब्राजिल
चौथो- इटाली
गोल्डेन जुत्ता- मारियो केम्पेस (अर्जेन्टिना)
उत्कृष्ट युवा खेलाडी- एन्टोनियो काब्रिनी (इटाली)
फेयर प्ले- अर्जेन्टिना

भिडेला सैनिकको विरोधमा थुप्रै राष्ट्रले बहिस्कारको चेतावनी दिनाका बावजुद १९७८ को विश्वकपका लागि छनोट भएका सबै देश अर्जेन्टिनामा भेला भए ।

विश्व फुटबलको यो संस्करणमा पनि चार वर्षअघि लागू गरिएकै दुई समूह चरणको पद्दति अपनाइयो । यसपाली पनि दुई चरणमा समूहमा प्रतिस्पर्धा गराइयो ।

१९७८ को विश्वकपले पनि चार वर्षअघिझैं नकआउट चरणमा खेल गराएन । घरेलु टोली हाबी हुनु खेलकुदको सामान्य नियति भएको अवस्थामा यसपाली पनि विवादहरूबीच अर्जेन्टिनाले फाइनलको यात्रा तय गर्यो।

अर्जेन्टिनीका लागि लामो कपाल भएका मारियो केम्पस आक्रमणमा प्रेरणाको स्रोत बने । दोस्रो चरणको अन्तिम खेलमा पेरुलाई ६-० ले हराएर अर्जेन्टिनाले दक्षिण अमेरिकाको चिरप्रतिद्वन्द्वी ब्राजिललाई प्रतियोगिताबाट बाहिर धकेलेको थियो ।

साबिक विजेता पश्चिम जर्मनी पनि नेदरल्यान्डस र इटालीलाई हराउन असफल हुँदा चाँडै प्रतियोगिताबाट बाहिरियो, जबकि बर्टी भोग्सको आत्मघाती गोलका कारण उपाधि रक्षा गर्न निस्केको टोली अस्ट्रियालाई समेत ३-२ ले नतिजा सुम्पन बाध्य भयो ।

नेदरल्यान्डसले अस्ट्रियालाई ५-१ को फराकिलो पराजय चखाएर लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गर्यो, तर नेदरल्यान्डसलाई यतिखेर टोलीका सबैभन्दा प्रभावशाली खेलाडी योहान क्राएफको साथ थिएन । क्राएफ अर्जेन्टिना जान अस्विकार गरेका कारण यसपाली घरमै बसेका थिए ।

फेरि एकपटक डच टोली फाइनलमा पराजित भयो । ब्युनस आयर्समा उपस्थित ७७ हजार २ सय ६० दर्शकका बीच अर्जेन्टिनाले नतिजा ३-१ ले जितेको थियो । केम्पसको गोलमा अर्जेन्टिनाले ३७औ मिनेटमा अग्रता लियो ।

नेदरल्यान्ड्सका बैकल्पिक खेलाडी डिर्क नान्निङगाले केही समयमै खेल बराबरीमा ल्याए । इन्जुरी समयमा केम्पसले अर्जेन्टिनाको अग्रतालाई पुनः कायम गरेपछि डानियल बेर्टोनीले अर्को गोल थप्दै टोलीलाई पहिलो विश्वकपको उपाधि पक्का गराए ।

१९५४ मा जन्मेका केम्पस उपाधि विजेता अर्जेन्टिनी टोलीका सबभन्दा मुख्य स्टार थिए । विश्वकप खेलेको उक्त टोलीमा विदेशबाट व्यावसायिक फुटबल खेल्ने केम्पेस एकमात्र खेलाडी थिए । केम्पस त्यतिखेर भ्यालेन्सियाबाट खेल्दै थिए । फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा दुई गोल एक्लै गरेका उनको दोस्रो गोल निकै उत्कृष्ट थियो ।

दोस्रो गोलका लागि उनले तीन विपक्षी रक्षकका साथै गोलकिपरलाई समेत छलाएर बल पोस्टभित्र छिराएका थिए । तेस्रो गोलका लागि पनि उनैले अवसर सिर्जना गराए । ६ गोल गरेका केम्पस प्रतियोगिताको उच्च गोलकर्ता भए । उनले अर्जेन्टिनाका लागि ४३ खेलमा २० अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

प्रतियोगितामा स्कटल्यान्ड यो संस्करणमा बेलायतको एकमात्र प्रतिनिधि थियो । इरान र ट्युनिसियाले पहिलो पटक सहभागिता जनाएको विश्वकपको उद्घाटन खेल यसपाली पनि गोलरहित बराबरीमा टुंगियो । विश्वकपको उद्घाटन खेलमा गोलरहित बराबरी नतिजा निस्किएको यो लगातार चौथो पटक थियो ।

यसपाली ब्युनर्स आयर्समा अर्जेन्टिनाले हंगेरीसँग गोलरहित बराबरीमा चित्त बुझाएको थियो । खेलमा हंगेरीका दुई खेलाडी एन्ड्रेस टोरोसिक र टिबोर निलासीले रातो कार्ड सामना गर्दै बाहिरिँदा टोली ९ जनामा सीमित भएर खेल अन्त गर्न बाध्य भएको थियो ।

समूह एकको अर्को खेलमा इटालीले फ्रान्सलाई २-१ ले पराजित गर्यो । फ्रान्सका बर्नार्ड लाकोम्बेले सो खेलमा गरेको गोल विश्वकपमा सबैभन्दा चाँडो गरिएकोमध्ये दोस्रो थियो । उनले सिठी बजेको ३६ सेकेन्डमै गोल ठोकेका थिए ।

फ्रान्सले हंगेरीलाई ३-१ ले पराजित गरेको खेलमा सही किट प्रयोग नगर्दा रेफ्रीले उनीहरूलाई चेतावनी दिएको थियो । फलस्वरुप फ्रान्सले अर्जेन्टिनाको एक दोस्रो डिभिजनको टिमको किट लगाएको थियो ।

समूह दुईमा ट्युनिसियाले विश्वकपमा विजय हासिल गर्ने पहिलो अफ्रिकी देशका रूपमा इतिहास निर्माण गर्नका लागि मेक्सिकोसँग १-० ले पछाडि पर्नाका बावजुद उत्कृष्ट पुनरागमनमा ३-१ ले हराएको थियो ।

पहिलो खेलमा पेरुसँग ३-१ को पराजय भोगेको स्कटल्यान्डले प्रतियोगितामा अर्को निराशा बेहोर्नुपर्यो । खेलपछिको लागूऔषध परिक्षणमा विंगर विली जोन्स्टन दोषी सावित हुँदा उनलाई बीचमै फर्काउनुपरेको थियो ।

ब्राजिल र स्वीडेनविरुद्धको खेल खेलाएका वेल्सका रेफ्री क्लाइभ थोमस एउटा निर्णयका कारण निकै अलोकप्रिय भए । ब्राजिलका जिकोले कर्नर प्रहार गरेको बल सोझै गोलमा परिणत भए पनि थोमसले बल हावामै हुँदा समय सकिएको सिठी फुकेका कारण त्यो गोल दिइएन । खेल १-१ को बराबरीमा टुंगिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो