चैत्र ७, २०८२ शनिबार | १७:४३:१६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

सेनेगलले प्रभावशाली प्रदर्शन गर्ने मानेको आश

दोहा । सेनेगलका स्ट्राइकर साडियो मानेले चोटका कारण आफू टोलीबाट बाहिरिए पनि आफ्ना खेलाडीहरुले कतार विश्वकपमा प्रभावशाली प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् । 

सेनेगलले समूह ए को अन्तर्गत आज हुने दोस्रो खेलमा उच्च लयमा रहेको युरोपेली राष्ट्र नेदरल्यान्ड्सको सामना गर्नेछ ।

बायर्न म्युनिखका माने बुन्डेसलिगाअन्तर्गतको खेलमा घाइते भएका थिए । खुट्टाको चोटबाट पूर्णरुपमा फिट नभए पनि मानेलाई सेनेगलले विश्वकपका लागि घोषणा गरेको टोलीमा समावेश गरेको थियो । तर स्वास्थ्य पशिक्षणमा मानेको चोटमा सुधार नदेखिएसँगै उनी टोलीबाट अलग भएका थिए ।

मानेले आफू टोलीमा नरहे पनि सेनेगलको टोलीमा क्षमतावान खेलाडीको कमी नभएकाले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे ।

आज सोमबार हाम्रो राष्ट्रले कतार विश्वकप २०२२ अन्तर्गत पहिलो खेल खेल्दैछ । आशा छ सेनेगलले उच्च मनोबलका साथ स्वभाविक खेल खेल्नेछ , मानेले भने,मेरो अनुपस्थिती टोलीमा खड्किने छैन भन्नेमा म विश्वस्त छु ।

मानेको प्रभावशाली प्रदर्शनमा सेनेगलले गत वर्ष अफ्रिकन अफ अफ नेसन्सको उपाधि जितेकाे थियाे ।

सन् २००२ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको सेनेगलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।  यस पटक पनि कतार विश्वकपमा अप्रत्यासित नतिजा ल्याउने अनुमान गरिएको छ । 

समूह ए मा इक्वेडरले आइतबार विजयी सुरुआत गरेको थियो । इक्वेडरले आयोजक कतारमाथि २-० को जित निकालेको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो