चैत्र ८, २०८२ आइतबार | ०३:१७:१२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कतार र इक्वेडर भिड्दै

दोहा । आइतबार अल बायात रंगशालामा अयोजक कतार र इक्वेडरबीचको खेलसँगै कतार विश्वकप २०२२ सुरु हुदैछ ।

फेलिक्स सान्चेजको टोलीले पहिलो पटक विश्वकपमा सहभागिता जनाउन लागेको हो । यता दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले सन् २०१४ पछि पहिलो पटक विश्वकपमा पुनरागमन गरेको हो ।

सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएपछि निरन्तर विवादमा पर्दै आएको कतार मैदानमा उत्कृष्ट प्रदर्शनसहित पहिलो सहभागितामा लिएका् समूह चरण पार गर्ने लक्ष्यलाई पूर्णता दिन चाहन्छ ।

कतारका लागि समूह ए मा इक्वेडर सबै भन्दा सहज प्रतिद्धन्द्धी हुनसक्छ । नकआउट चरण प्रवेशको लक्ष्य राखेको कतारले अफ्रिका कप नेसन्सको विजेता सेनेगल र २०१० को उपविजेता नेदरल्यान्ड्सजस्ता बलियो टोलीको चुनौती पार गर्नु पर्नेछ । त्यसैले इक्वेडरविरुद्धको नतिजाले कतारको यात्रा कहाँसम्म पुग्ने हो भन्ने संकेत गर्नेछ ।

विश्व वरियताको ५०औं स्थानमा रहेको बतारले अक्टोबरयता खेलेको चार अभ्यास खेलमा अपराजित रहँदै आएको छ । यसक्रममा कतारले ग्वाटेमाला, होन्डुरस, पानामा र अल्बानियालाई निराश पारेको थियो । 

कतार सन् २००२ पछि विश्वकपको डेब्यु खेलमै जित निकाल्ने पहिलो टोली बन्ने लक्ष्यमा रहेको छ । यसअघि सन् २००२ मा सेनेगलले विश्वकपमा आफ्नो डेब्यु खेलमै साविकको विजेता फ्रान्सलाई स्तब्ध पारेको थियो ।

यता छनोट चरणमा अयोग्य खेलाडी खेलाएको भन्दै इक्वेडर भने प्रतियोगिता सुरु हुनु अगावै बाहिरिने संघारमा पुगेको थियो ।

सन् २०१८ को रुस विश्वकपमा छनोट हुन नसकेको इक्वेडरले आठ वषपछि विश्वकपमा पुनरागमन गरेको हो । यद्धपी इक्वेडरले अहिलेसम्म विश्वकपमा आफ्नो दरिलो उपस्थिती जनाउन सकेको छैन । सन् २००२, २००६ र २०१४ को विश्वकप सहभागिता जनाएको छ । त्यसक्रममा एक पटक मात्र इक्वेडरले समूह चरण पार गरेको छ । सन् २००६ मा इक्वेडरले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

इक्वेडरल पछिल्लो ६ खेलमा अपराजित यात्रा कायम गरेको छ । तर ६ मध्ये चार खेल भने गोलरहित बराबरीमा सकिएको थियो । त्यसैले गुस्ताभो अल्फारोको टोली आयोजक कतारलाई स्तब्ध पार्दै सुखद सुरुआतको लक्ष्यमा रहेको छ ।

कतार र इक्वेडर अहिलेसम्म तीन पटक आमने सामने भएका छन् । तीन मध्ये एक खेल इक्वेडरले जितेको छ भने एक खेल कतारले जितेको छ । एक खेल भने बराबरीमा रोकिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो