माघ १६, २०८२ शुक्रबार | १०:०९:१३
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

कतार र इक्वेडर भिड्दै

दोहा । आइतबार अल बायात रंगशालामा अयोजक कतार र इक्वेडरबीचको खेलसँगै कतार विश्वकप २०२२ सुरु हुदैछ ।

फेलिक्स सान्चेजको टोलीले पहिलो पटक विश्वकपमा सहभागिता जनाउन लागेको हो । यता दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले सन् २०१४ पछि पहिलो पटक विश्वकपमा पुनरागमन गरेको हो ।

सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएपछि निरन्तर विवादमा पर्दै आएको कतार मैदानमा उत्कृष्ट प्रदर्शनसहित पहिलो सहभागितामा लिएका् समूह चरण पार गर्ने लक्ष्यलाई पूर्णता दिन चाहन्छ ।

कतारका लागि समूह ए मा इक्वेडर सबै भन्दा सहज प्रतिद्धन्द्धी हुनसक्छ । नकआउट चरण प्रवेशको लक्ष्य राखेको कतारले अफ्रिका कप नेसन्सको विजेता सेनेगल र २०१० को उपविजेता नेदरल्यान्ड्सजस्ता बलियो टोलीको चुनौती पार गर्नु पर्नेछ । त्यसैले इक्वेडरविरुद्धको नतिजाले कतारको यात्रा कहाँसम्म पुग्ने हो भन्ने संकेत गर्नेछ ।

विश्व वरियताको ५०औं स्थानमा रहेको बतारले अक्टोबरयता खेलेको चार अभ्यास खेलमा अपराजित रहँदै आएको छ । यसक्रममा कतारले ग्वाटेमाला, होन्डुरस, पानामा र अल्बानियालाई निराश पारेको थियो । 

कतार सन् २००२ पछि विश्वकपको डेब्यु खेलमै जित निकाल्ने पहिलो टोली बन्ने लक्ष्यमा रहेको छ । यसअघि सन् २००२ मा सेनेगलले विश्वकपमा आफ्नो डेब्यु खेलमै साविकको विजेता फ्रान्सलाई स्तब्ध पारेको थियो ।

यता छनोट चरणमा अयोग्य खेलाडी खेलाएको भन्दै इक्वेडर भने प्रतियोगिता सुरु हुनु अगावै बाहिरिने संघारमा पुगेको थियो ।

सन् २०१८ को रुस विश्वकपमा छनोट हुन नसकेको इक्वेडरले आठ वषपछि विश्वकपमा पुनरागमन गरेको हो । यद्धपी इक्वेडरले अहिलेसम्म विश्वकपमा आफ्नो दरिलो उपस्थिती जनाउन सकेको छैन । सन् २००२, २००६ र २०१४ को विश्वकप सहभागिता जनाएको छ । त्यसक्रममा एक पटक मात्र इक्वेडरले समूह चरण पार गरेको छ । सन् २००६ मा इक्वेडरले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

इक्वेडरल पछिल्लो ६ खेलमा अपराजित यात्रा कायम गरेको छ । तर ६ मध्ये चार खेल भने गोलरहित बराबरीमा सकिएको थियो । त्यसैले गुस्ताभो अल्फारोको टोली आयोजक कतारलाई स्तब्ध पार्दै सुखद सुरुआतको लक्ष्यमा रहेको छ ।

कतार र इक्वेडर अहिलेसम्म तीन पटक आमने सामने भएका छन् । तीन मध्ये एक खेल इक्वेडरले जितेको छ भने एक खेल कतारले जितेको छ । एक खेल भने बराबरीमा रोकिएको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।