माघ ३, २०८२ शनिबार | १३:१४:०७
कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो

पुरुष विश्वकप महिला रेफ्री

पुरुष फुटबल हुँदैमा महिला रेफ्री हुन नपाउने भन्ने पनि हुन्छ र ? खालि कोही पनि रेफ्री कति अब्बल दर्जाको छ भन्ने नै त हो, ऊ पुरुष हो अथवा महिला हो, त्यसको के नै अर्थ हुन्छ र ? भनिन्छ, कोही पनि पुरुषको जीवनका महत्त्वपूर्ण निर्णयमा महिलाकै हात हुन्छ । अब विश्वकप मात्र किन अपवाद र ? कतारमा हुने अबको विश्वकपमा तीन महिला रेफ्रीले इतिहास बनाउँदै छन् र भन्न कर लाग्छ, यससँगै सुरु हुनेछ, नयाँ इतिहास । र, यो इतिहास हो, लैंगिक समानताको ।

तर तीनै महिला रेफ्री के पनि मान्छन् भने तिनका काम बारे चर्चा भएकै राम्रो । महिला अथवा पुरुष भनेर कुरा नगर्दा राम्रो । ती तीन भाग्यमानी महिला हुन्, फ्रान्सकी स्टेफानी फ्रापार्ट, रवान्डाकी सिलमा मुकानसान्गा र जापानकी योसिमी यामासिता । फिफाले अबको विश्वकपमा रेफ्री गर्ने ३६ जनाको प्रारम्भिक सूची तयार पारेको छ । यी तीन महिला त्यसै सूचीमा परेका हुन् । त्यति मात्र होइन्, कतारमा तीन सहायक रेफ्री पनि देखिने छन् ।

अनि यी हुन्, ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी काथरिन नेसबिट । त्यसो त महिलाले पुरुष फुटबलमा निर्णायकको भूमिका खेल्न लागेको यो नै पहिलो पल्ट भने होइन्, खालि विश्वकपमा भने सुरुआत हो । फिफाको रेफ्री कमिटीका प्रमुख पियरलुइजी कोलिना पनि मान्छन्, रेफ्री महिला हो कि पुरुष हो, त्यसमा नजाऔं । बरू तिनको कामलाई हेरौं । त्यसै पनि रेफ्रीको काम जस पाउने खालेको छैन्, त्यसैले कसैले केही बिगारे, महिलाले बिगारे पनि नभनौं ।

यी सबै महिला रेफ्रीमध्ये सम्भवतः सबैभन्दा चर्चित छिन्, ३८ वर्षीया फ्रापार्ट । उनी किन पनि चर्चित छिन् भने उनले विश्व फुटबलमा महिला रेफ्री पनि उम्दा हुन सक्छन् भनेर प्रमाणित गरेकी छिन् । सन् २०१९ मा उनले फ्रान्सको माथिल्लो डिभिजनको फुटबल लिग-वानमा पहिलो पल्ट खेल खेलाइन् र त्यही वर्ष फ्रान्समै भएको महिला विश्वकपको फाइनलमा पनि उनले नै रेफ्रीको भूमिका निभाइन् । त्यसैले उनी धेरैका लागि परिचित अनुहार पनि हो ।

सन् २०१९ को यूइएफए सुपरकपको फाइनल पनि सञ्चालन गरेकी थिइन्, जसमा दुई इङ्लिस क्लब लिभरपुल र चेल्सी भिडेका थिए । यस्तै उनले सन् २०२० को युरोपियन च्याम्पियन्स लिग र फ्रेन्च कप फाइनलमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । यी सबै पृष्ठभूमिमा कतारमा गएर रेफ्रीको भूमिका निर्वाह ग र्नुउनका लागि केही नयाँ नौलो हुने छैन् । तर उनी पूर्णतः कृतज्ञ भने छिन्, पुरुष विश्वकपमा पनि रेफ्री जत्तिको महत्वपूर्ण भूमिका पाएकोमा ।

उनी भन्छिन्, ‘केही हदसम्म मैले अपेक्षा गरेकी थिइन, तर मौका पाएकोमा खुसी छु, विश्वकप जत्तिको ठूलो अरू कुनै हुन सक्दैन,’ फ्रापार्ट भन्छिन् । यामासिता फ्रापार्ट भन्दा दुई वर्ष कान्छी छिन। उनी पनि जापानको पुरुष फुटबलमा रेफ्रीका रूपमा राम्रैसँग परिचित छिन् । अर्कोतर्फ ३४ वर्षीया मुकानसान्गा । उनी पनि यसै वर्ष जनवरीमा भएको पुरुष अफ्रिकी कप अफ नेसन्समा रेफ्रीको भूमिकामा देखापरेकी थिइन् । निश्चित छ, यी महिला रेफ्रीले खेलाउने विश्वकपका खेल खेलमै मात्र सीमित रहने छैनन्, तिनको भूमिकाको महत्व पनि उत्तिकै हुनेछ ।

(एजेन्सीको सहयोगमा)


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate