चैत्र ५, २०८२ बिहीबार | २०:३५:२६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

पुरुष विश्वकप महिला रेफ्री

पुरुष फुटबल हुँदैमा महिला रेफ्री हुन नपाउने भन्ने पनि हुन्छ र ? खालि कोही पनि रेफ्री कति अब्बल दर्जाको छ भन्ने नै त हो, ऊ पुरुष हो अथवा महिला हो, त्यसको के नै अर्थ हुन्छ र ? भनिन्छ, कोही पनि पुरुषको जीवनका महत्त्वपूर्ण निर्णयमा महिलाकै हात हुन्छ । अब विश्वकप मात्र किन अपवाद र ? कतारमा हुने अबको विश्वकपमा तीन महिला रेफ्रीले इतिहास बनाउँदै छन् र भन्न कर लाग्छ, यससँगै सुरु हुनेछ, नयाँ इतिहास । र, यो इतिहास हो, लैंगिक समानताको ।

तर तीनै महिला रेफ्री के पनि मान्छन् भने तिनका काम बारे चर्चा भएकै राम्रो । महिला अथवा पुरुष भनेर कुरा नगर्दा राम्रो । ती तीन भाग्यमानी महिला हुन्, फ्रान्सकी स्टेफानी फ्रापार्ट, रवान्डाकी सिलमा मुकानसान्गा र जापानकी योसिमी यामासिता । फिफाले अबको विश्वकपमा रेफ्री गर्ने ३६ जनाको प्रारम्भिक सूची तयार पारेको छ । यी तीन महिला त्यसै सूचीमा परेका हुन् । त्यति मात्र होइन्, कतारमा तीन सहायक रेफ्री पनि देखिने छन् ।

अनि यी हुन्, ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी काथरिन नेसबिट । त्यसो त महिलाले पुरुष फुटबलमा निर्णायकको भूमिका खेल्न लागेको यो नै पहिलो पल्ट भने होइन्, खालि विश्वकपमा भने सुरुआत हो । फिफाको रेफ्री कमिटीका प्रमुख पियरलुइजी कोलिना पनि मान्छन्, रेफ्री महिला हो कि पुरुष हो, त्यसमा नजाऔं । बरू तिनको कामलाई हेरौं । त्यसै पनि रेफ्रीको काम जस पाउने खालेको छैन्, त्यसैले कसैले केही बिगारे, महिलाले बिगारे पनि नभनौं ।

यी सबै महिला रेफ्रीमध्ये सम्भवतः सबैभन्दा चर्चित छिन्, ३८ वर्षीया फ्रापार्ट । उनी किन पनि चर्चित छिन् भने उनले विश्व फुटबलमा महिला रेफ्री पनि उम्दा हुन सक्छन् भनेर प्रमाणित गरेकी छिन् । सन् २०१९ मा उनले फ्रान्सको माथिल्लो डिभिजनको फुटबल लिग-वानमा पहिलो पल्ट खेल खेलाइन् र त्यही वर्ष फ्रान्समै भएको महिला विश्वकपको फाइनलमा पनि उनले नै रेफ्रीको भूमिका निभाइन् । त्यसैले उनी धेरैका लागि परिचित अनुहार पनि हो ।

सन् २०१९ को यूइएफए सुपरकपको फाइनल पनि सञ्चालन गरेकी थिइन्, जसमा दुई इङ्लिस क्लब लिभरपुल र चेल्सी भिडेका थिए । यस्तै उनले सन् २०२० को युरोपियन च्याम्पियन्स लिग र फ्रेन्च कप फाइनलमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । यी सबै पृष्ठभूमिमा कतारमा गएर रेफ्रीको भूमिका निर्वाह ग र्नुउनका लागि केही नयाँ नौलो हुने छैन् । तर उनी पूर्णतः कृतज्ञ भने छिन्, पुरुष विश्वकपमा पनि रेफ्री जत्तिको महत्वपूर्ण भूमिका पाएकोमा ।

उनी भन्छिन्, ‘केही हदसम्म मैले अपेक्षा गरेकी थिइन, तर मौका पाएकोमा खुसी छु, विश्वकप जत्तिको ठूलो अरू कुनै हुन सक्दैन,’ फ्रापार्ट भन्छिन् । यामासिता फ्रापार्ट भन्दा दुई वर्ष कान्छी छिन। उनी पनि जापानको पुरुष फुटबलमा रेफ्रीका रूपमा राम्रैसँग परिचित छिन् । अर्कोतर्फ ३४ वर्षीया मुकानसान्गा । उनी पनि यसै वर्ष जनवरीमा भएको पुरुष अफ्रिकी कप अफ नेसन्समा रेफ्रीको भूमिकामा देखापरेकी थिइन् । निश्चित छ, यी महिला रेफ्रीले खेलाउने विश्वकपका खेल खेलमै मात्र सीमित रहने छैनन्, तिनको भूमिकाको महत्व पनि उत्तिकै हुनेछ ।

(एजेन्सीको सहयोगमा)


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH