चैत्र १२, २०८२ बिहीबार | ०३:१०:०२
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

भलिबलकी कविता समर्थकको रोजाईमा

पिपल्स च्वाइस अवार्ड विजेता कविता भट्ट

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमकी मिड ब्लकर कविता भट्ट शुक्रबार पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छिन् ।

खेलप्रेमी, राष्ट्रिय प्रशिक्षकहरु तथा खेल पत्रकारले दिएको मतका आधारमा विजेता चयन हुने पिपल्स च्वाइस विधामा कविताले मनोनयनमा परेका अन्य चार प्रतिस्पर्धीलाई फराकिलो अन्तरमा पछाडि पारिनन्।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र मुख्य प्रायोजक बजाज पल्सरको फेसबुक पेज र इसेवामार्फत खेलप्रेमीले गरेको मतमा राष्ट्रिय प्रशिक्षक र खेल पत्रकारको मत समेत जोडेर विजेता चयन गरिएको थियो । त्यसमा इसेवामा प्राप्त मतको मतभार ५० प्रतिशत थियो भने फेसबुकको मतभार २५ प्रतिशत थियो । यसैगरी खेल पत्रकार र प्रशिक्षकहरुको मतको मतभार १२.५ प्रतिशत थियो ।

कविताले कबड्डीकी मानमती बिष्ट, क्रिकेटका गुलशन झा, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई पछि पारिन् ।

कविताले समग्रमा ५६ प्रतिशत मत हासिल गर्दा दोस्रो स्थानमा रहेकी मानमतीले १९ प्रतिसत मत प्राप्त गरिन । यसैगरी १६ प्रतिशत मत प्राप्त गरेकी प्रीति तेस्रो स्थानमा रहँदा समान ४.४ प्रतिशत मत हासिल गरेका गुलसन र श्रीराम पुछारमा सीमित भए ।

नेपाली खेलकुदको सबभन्दा प्रतिष्ठित अवार्डमा पिपल्स च्वाइस विधामा पुरस्कृत भएकी कविताले पल्सर मोटरसाइकल प्राप्त गरिन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो