असार ३०, २०८२ सोमबार | १२:२०:४९
सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीले पूर्वघोषित पुरस्कार पाउने

हेटौंड । नवौं रष्ट्रिय खेलकुद प्रतियोगितामा बागमतीबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीले प्रदेश सरकारकोतर्फबाट प्रोत्साहन स्वरुप नगदसहित पुरस्कार पाउने भएका छन् ।

२०७९ असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा भएको प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने तयारीका साथ काम भइरहेको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न भएपछि तत्कालिन खेलकुद मन्त्री रन्तप्रसाद ढकालले पदक प्राप्त खेलाडिलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरे पनि हालसम्म सो पुरस्कार वितरण भएको थिएन । घोषणा भएको २ वर्षपछि नवनियुक्त मन्त्री महर्जनले पुरस्कार वितरणको लागि तयारी तीब्र पारिएको जानकारी दिए ।

‘त्यतिबेला मन्त्रालयले रकम माग गर्दा त्रुटि भएको रहेछ ।अर्थ मन्त्रालयले आवश्यक भन्दा बढी रकम मागियो भनेर सहमति नदिएपछि मन्त्रिपरिषद् बैठकमै लैजान समस्या भएको रहेछ । अर्थमन्त्रीज्यू र मुख्यमन्त्रीज्यूसँग कुराकानी भयो, उहाँहरु पूर्ण रुपमा सकारात्मक हुनुहुन्छ । हामी १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा अगावै खेलाडिलाई पुरस्कार बाँड्छौं’ मन्त्री महर्जनले भने ।

उनले आफु पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडीको मर्का बुझ्दै पुरस्कार वितरण कार्यलाई तीब्रता दिइएको बताए । लगानी बढाउँदै खेलकुद पूर्वाधारको विकास र खेलाडिको हितका लागि मन्त्रालयले तीब्रताका साथ काम गर्ने उनले बताए ।

अघिल्लो आर्थिक वर्षमा खेलकुद मन्त्रालयले पुरस्कार वितरणको लागि २ करोड २४ लाख रुपैयाँको लागि अर्थ मन्त्रालयसँग सहमति मागेको भए पनि सहमति नआउँदा त्यतिबेला पुरस्कार वितरण गर्न नसकिएको मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले बताए ।

मन्त्रालयले स्वर्ण, रजत र कांस्य पदक जित्नेलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँसहित रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

आजै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उक्त प्रतियोगिताको पुरस्कार खेलाडिहरुलाई प्रदान गर्न भन्दै मन्त्री मजर्हनको ध्यानाकर्षण गराएको थियो । संघका केन्द्रीय सदस्य अजित गुरुङको नेतृत्वको समूहले खेलाडीहरुलाई निराश बनाउन नहुने पुरस्कार वितरण गर्न अनुरोध गरेको थियो ।
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH