चैत्र १२, २०८२ बिहीबार | १७:४६:५०
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

खेलकुद मन्त्री चौधरीले गरे १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

सचिवालयको उद्घाटन गरिँदै ।

काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको सचिवालय बुधबार उद्घाटन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष पनि रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको औपचारिक उद्घाटन गरे ।

त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोश्रो तलामा १०औं राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन सचिवालय सञ्चालनमा ल्याइएको हो ।

मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले १०औं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा पनि हुन सक्ने बताउदै अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारे । उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भैरहेको बताए ।

मन्त्री चौधरीले आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुदका बारे थप छलफल हुने जानकारी दिए ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङले देश संघीय संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझ धेरै जिम्मेवारी दिने बताए ।

सदस्य-सचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्रदेशलाई नै दिइने स्पष्ट पारे ।

सदस्यसचिव घिसिङले सचिवालय उद्घाटन पहिलो चरणको काम मात्र भएको भन्दै कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन÷समापन कसरी हुनेलगायतका विषय क्रमैसंग समयमै सार्वजनिक गर्ने बताए ।

गत मंसिर २१ गते बसेको राखेपको ११८औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो