माघ ८, २०८१ मंगलबार | १६:३३:४६
बागमती सुपर फोरमा सन्दीपलाई एक खेलको प्रतिबन्ध विभागीय डर्बीमा एपिएफको एकतर्फी जित जेभरेभ सेमिफाइनलमा कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमती सुपर फोरमा सन्दीपलाई एक खेलको प्रतिबन्ध विभागीय डर्बीमा एपिएफको एकतर्फी जित जेभरेभ सेमिफाइनलमा कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित
शनिबारको दिन शनिबारको दिन

नरसंहारबाट बाँचेकी १०३ वर्षे ओलम्पियन केलेटीको कहानी

काठमाडौं । दुई साताअगाडि एउटा यस्तो खबर आएको थियो, जसले पूरा विश्वको ध्यान खिचेको थियो । धेरै फेरि एकपल्ट पुरानो इतिहासतर्फ फर्के । ओलम्पिक च्याम्पियनमध्ये सबैभन्दा बढी उमेर बाँचेकीमा पर्छन्, हंगेरीकी एग्नेस केलेटी । उनको १०३ वर्षमा निधन भयो । उनी ओलम्पिकले सधैं सम्झिरहने खेलाडीमा पर्छिन् नै, त्यो भन्दा ठूलो उनी प्रलयमा बाँचेकी बहादुर केटी थिइन् ।

तर, उनको निमोनिया कारण निधन भएको हो । उनी अझै बाँचिरहेकी हुन्थिन् भने जनवरी ९ मा आफ्नो १०४औं जन्मदिन मनाइरहेकी हुन्थिन् । उनको परिवारले त्यसको तयारी पनि सुरु गरिसकेको थियो । उनको जीवनी पल्टाउने हो भने त्यो कुन हलिउड सिनेमाको कथाभन्दा कम हुने गर्दैन । उनी त्यस्ती खेलाडी थिइन्, जसले कहिले पनि हार खान मानिनन् । अझभन्दा हुन्छ, उनको जीवनको सूत्र नै थियो, बहादुरीपूर्वक जीवन जिउने । त्यसमा ओलम्पिकमा प्राप्त अद्वितीय ऐतिहासिक सफलता त छँदै छ ।

हंगेरीको जिम्न्यास्टिक इतिहासमै उनी सबैभन्दा सफल खेलाडी थिइन् । उनले कुल १० ओलम्पिक पदक जितिन् । अझ ती सबै पदक ३० वर्षको उमेर कटिसकेपछि मात्र हात परेको थियो । यो त्यो उमेर थियो, जुन उमेरमा अरू खेलाडी संन्यास लिने संघारमा हुन्थे वा संन्यास लिइसकेका हुन्थे । उनले कुल ५ स्वर्ण जितिन् । उनको यो सफलता प्राप्त भएको थियो, सन् १९५२ को हेलसिन्की र १९५६ को मेलबर्न ओलम्पिकमा ।

सन् १९३९ मा उनी पहिलो पटक हंगेरीको राष्ट्रिय जिम्न्यास्टिक टिममा परिन् । सन् १९४० मा उनी पहिलो पटक हंगेरीको च्याम्पियन भइन् । सन् १९४० यता भने उनलाई खेल्नबाट प्रतिबन्ध लगाइयो । यसको कारण थियो, उनको परिचय । उनी थिइन्, यहुदी । 

उनले जितेका अन्य पदकमा ३ रजत र २ कांस्य पनि छ । उनले यी सबै पदक फ्लोर एक्सरसाइज, अनइभन बार र ब्यालेन्स बिममा जितेकी थिइन् । उनले जिम्न्यास्टिकको विश्व च्याम्पियनसिपमा पनि एक–एक स्वर्ण, रजत र कांस्य जितिन् । उनी खेलकुदमा लागेको कारण पनि आफैंमा अनौठो छ । जति बेला उनी आफ्नो खेलजीवन सुरु गर्ने क्रममा थिइन्, हंगेरी साम्यवादी देश थियो । त्यो पनि कस्तो भन्दा निकै परम्परावादी साम्यवादी ।

त्यति बेला हंगेरीबाट विदेश जाने एउटै मात्र सजिलो बाटो हुन सक्थ्यो, खेलाडीका रूपमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता । ‘म खेलाडी किन भएँ भने मलाई यो विधा मनपथ्र्यो । फेरि म यही माध्यमबाट विदेश पनि हेर्न चाहन्थें,’ सन् २०१६ मा उनले यस्तै भनेकी थिइन् । सन् १९२१ को जनवरी ९ मा उनको जन्म भएको थियो, हंगेरीको बुडापेस्टमा । उनको सुरआती नाम थियो, एग्नेस क्लेइन । पछि उनले आफ्नो नाम फेरिन, किनभने एग्नेस केलेटी बढी हंगेरी पाराको सुनिन्थ्यो ।

सन् १९३९ मा उनी पहिलो पटक हंगेरीको राष्ट्रिय जिम्न्यास्टिक टिममा परिन् । सन् १९४० मा उनी पहिलो पटक हंगेरीको च्याम्पियन भइन् । सन् १९४० यता भने उनलाई खेल्नबाट प्रतिबन्ध लगाइयो । यसको कारण थियो, उनको परिचय । उनी थिइन्, यहुदी । सन् १९४४ मा नाजी जर्मनीले हंगेरी कब्जा गरेपछि उनलाई ‘डेथ क्याम्प’ पठाइएको थियो । तर उनी त्यहाँबाट भाग्न सफल रहिन् । यसका लागि उनले आफ्नो सबै कमाइ खर्चेर फरक कागजात बनाइन् ।

सन् १९८३ मा उनी पहिलो पटक विश्व जिम्न्यास्टिक च्याम्पिनसिपका क्रममा हंगेरी फर्किइन् । सन् २०१५ मा भने उनी संघैका लागि हंगेरी नै गइन् । त्यहीं बस्न थालिन् । उनलाई हंगेरीकी ‘जिम्नास्टिक क्विन’ भनिन्थ्यो । 

आफ्नो नयाँ परिचय बनाइन्, युवा क्रिस्टियनका रूपमा । त्यसपछि उनले प्रमुख सहर बाहिर घरेलु कामदारका रूपमा काम गर्न थालिन् । यसबीच पनि गोप्य रूपमा जिम्न्यास्टिकको अभ्यास भने गरिरहेकी हुन्थिन् । उनको आफ्नै बुवा र परिवारको अन्य सदस्यको हत्या गरिएको थियो, यहुदी नरसंहारका क्रममा । उनका आमा र दिदीको भने पछि उद्दार गरिएको थियो । सन् १९५६ को मेलबर्न ओलम्पिकपछि उनी हंगेरी फर्किनन् ।

हंगेरीका अरू धेरै खेलाडी घर फर्केनन् । किनभने त्यसको ठीक अगाडि सोभियत संघ विरोधी आन्दोलन असफल भएको थियो । त्यो आन्दोलनलाई निर्मतापूर्वक दबाइएको थियो । केलेटी आफै त्यसपछि इजरायल गइन् । सन् १९५९ मा रोबर्ट बिरो नामका शिक्षकसँग विवाह पनि गरिन् । उनबाट दुई सन्तान जन्मिए । सक्रिय खेलजीवनबाट संन्यास लिइसकेपछि उनी आफै शारीरिक शिक्षाकी शिक्षक बनिन् । पछि इजरायली राष्ट्रिय टिमका प्रशिक्षक पनि बनिन् ।

सन् १९८३ मा उनी पहिलो पटक विश्व जिम्न्यास्टिक च्याम्पिनसिपका क्रममा हंगेरी फर्किइन् । सन् २०१५ मा भने उनी संघैका लागि हंगेरी नै गइन् । त्यहीं बस्न थालिन् । उनलाई हंगेरीकी ‘जिम्नास्टिक क्विन’ भनिन्थ्यो । उनी आफ्नो सयौं जन्मदिन मनाउने क्रममा भन्थिन्, ‘जीवनमा केही न केही विशेष गर्नुपर्ने रहेछ । मैले जति पनि सम्मान र माया पाएँ, त्यसका लागि धन्य महसुस गर्छु ।’ उनको जीवनकथा धेरैभन्दा धेरै खेलाडीका लागि प्रेरणाका रूपमा रहनेछ ।