कार्तिक १६, २०८१ शुक्रबार | ०६:२३:४९
उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा

नेपाल स्कटल्यान्डसँग पराजित


काठमाडौ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंंखलाको अन्तिम खेलमा बिहिबार नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।  

नामिबियास्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नेपालले दिएको एक सय २० रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले ४० बलमा सात चौका मद्दतमा अविजित ४६ रनको योगदान दिए ।

जर्ज मुन्सेले ४५,कायल कोएट्जरले १६  र कप्तान रिची बेरिङटनले अविजित १२ रन जोडे ।

नेपालका लागि गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले खराब ब्याटिङ गर्दै ३५.३ ओभरमा सबै विकेट गुमाएर एक सय १९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५७ बलमा चार चौका र दुई छक्का मद्दतमा सर्वाधिक ४७ रनको योगदान दिए ।

यस्तै सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललितनारायण राजवंशीले ११ रन जोड्दा अन्य खेलाडीले दोेहोरो अंक बनाउन सकेनन् ।

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन,मार्क वाट र सफ्यान शरिफले समान दुई तथा क्रिस्टोफर म्याकब्रिड,क्रिस ग्रेभेस र क्रिस सोलले समान एक विकेट लिए

पराजित  नेपाल  लिग टु मा २४ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । जित निकालेको स्कटल्यान्ड ३२ खेलबाट ४६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

यो पराजयसँगै नेपाल शृंखलामा जितविहिन बनेको छ । पहिलो खेलमा नामिबियासँगका खेल वर्षा बाधक बन्दा अंक बाँडेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेट तथा तेस्रो खेलमा नामिबियालाई ८६ रनले नतिजा सुम्पिएको थियो ।

यता आफ्नो पहिलो खेलमा नामिबियालाई चार र दोस्रो खेलमा नेपालललाई तीन विकेटले पराजित गरेको स्कटल्यान्डले तेस्रो खेलमा नामिबियालाई तीन विकेटको नतिजा सुम्पिएको थियो ।

 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal