वैशाख ३०, २०८२ मंगलबार | ०९:११:४७
हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको प्रथम बैठक सम्पन्न

धनगढी । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको प्रथम बैठक बुधबार धनगढीमा बसेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बसेको बैठकमा सबै समिति सदस्यहरुको सहभागिता थियो ।

समितिको कार्यसूचीअन्तर्गत कार्यालय स्थापना, जनशक्ति व्यवस्थापन, वृहत आयोजना प्रतिबेदन(डिपीआर) तयारी, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयारी, कोष व्यवस्थापन, बजेट माग लगायतका प्रस्तावमाथि छलफल भएको थियो । 

समितिले धनगढी उपमहानगरपालिकाभित्रको उपर्युक्त स्थानमा यथाशिघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर तयारीका लागि कार्य क्षेत्रगत शर्त तथा लागत अनुमान तयार गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाउने, इआइएको कार्य अघि बढाउन कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनोटको कार्य अघि बढाउने, समितिलाई चाहिने आगामी आ.व २०७९/८० का लागि आवश्यक बजेट नेपाल सरकारबाट माग गर्नेलगायतका निर्णय गरेको छ ।

समिति बैठकमा मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम सुदूरपश्चिमको मात्रै नभई देशकै विकासको कोशेढुंगा रहेकोले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै निर्माणकार्यलाई द्रूत गतीमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, बैठक समितिका अध्यक्ष शाहीले सुदूरपश्चिमबासीले लामो समयदेखि देख्दै आएको फाप्लामा रंगशाला बनाउने सपना साकार हुने कुराको सुरुआती भएको भन्दै यस सपना साकार गर्न सबै तहका सरकार तथा आम जनताको सहयोगका लागि अपिल गरे ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दमोदर रेग्मीले पूर्वाधार निर्माण सम्बन्धि जारी गठन आदेशले नेपालमा विकास पूर्वाधार निर्माणको नयाँ मोडल परिकल्पना गरेकाले यो पूर्वाधार निर्धारित समयमा बन्ने कुरामा आफू ढुक्क रहेको बताए ।

यस्तै, समितिका नवनियुक्त कार्यकारी निर्देशक शेर बहादुर बि.सी.ले सुदूरपश्चिम क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने पूर्वाधार निर्माण सम्बन्धी परियोजनाको मुख्य जिम्मेवारी सम्हाल्न पाउँदा खुशी लागेको बताउँदै यस अवसर र चुनौतीको सही सदुपयोग गर्दै समयमै काम सम्पन्न गर्नेमा आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गरे ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP