वैशाख ३०, २०८२ मंगलबार | ०९:२३:२१
हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन

त्रिदेशीय शृंखलाः स्कटल्यान्ड १४४ रनमा अल आउट!

एडिनबर्ग । सोमपाल कामी/मोहम्मद आदिल आलमको कसिलो बलिङप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ (सिडब्लुसी) अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलामा घरेलु टिमलाई एक सय ४४ रनमा अल आउट गरेको छ । यससँगै नेपालले एक सय ४५ रनको विजयी लक्ष्य पाएको छ ।

ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्यो । नेपालका लागि सोमपालले १० ओभरमा ४० रन खर्चेर तीन विकेट लिँदा १० ओभरमा आदिलले एक मेडनसहित ३१ रन दिएर तीन विकेट नै लिए ।

यस्तै, कप्तान सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

लगातार विकेट गुमाएका स्कटल्यान्डका लागि गाभिन मेनले सम्हालिएको प्रदर्शन गर्दै सर्वाधिक अविजित ६४ रन बनाए । उनले बलमा ५९ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, मार्क वाटले १७, सफयान सरिफले १६ र क्यालम म्याकलेओडले १३ रन बनाए । यसबाहेक घरेलु टिमका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

सिडब्लुसीअन्तर्गत त्रिदेशीय शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाविरुद्धको खेलमा बसिर अहमद नेपालको प्रतिनिधित्व गदैै एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गर्ने ३३ खेलाडी बनेका थिए ।

तालिकामा १७ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र नौ खेलमा पराजय बेहोरेको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP